दमक कांग्रेसमा पर्शुराम रिजालको पल्ला भारी
यज्ञप्रसाद भट्टराई
साउन १५, २०७८ शुक्रबार २१:९:३५
नेपाली कांग्रेसको चौधौ महाधिबेशनको रौनक अहिले देशैभरी छाउन शुरु भैसकेको छ । केहि अनलाईन खबरहरुले कांग्रेस महाधिबेशन सर्यो या अब २ बर्षका लागि महाधिबेशन सार्ने सहमति बनिसक्यो, भनेजस्ता अपुष्ट समाचारहरु बजारमा आएता पनि कांग्रेसको महाधिबेशन तोकिएकै समयमा हुन्छ भनेर सभापति तथा वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले बताई रहदा त्यस्ता समाचारहरुका पछाडि बर्तमान कांग्रेस अलमलिएको दखिदैन ।
महाधिबेशनमा प्रतिनिधित्व गर्न र पार्टीलाई थप क्रियाशिल बनाउन आफ्ना योजना र कार्यक्रमहरुसहित बिभिन्न तहमा प्रतिनिधित्वका लागि युवा नेताहरु अगाडि आईसकेका छन् । पार्टीको बिधानले ब्यवस्था गरे अनुरुपका पदिय जिम्मेबारीहरुमा अहिले युवा नेताहरुको आकर्षण बढन थालेको देखिन्छ । कांग्रसको क्रियाशिल सदस्यहरुको आँकडाहरुले पनि युवाहरुको संंख्यामा अत्यधिक वृद्धि भएको देखिन्छ यसले गर्दा युवाहरुको कांग्रेस प्रतिको आकर्षणमा वृद्धि भएको मान्न सकिन्छ । कांग्रेसलाई अब थप प्रभावकारी बनाउन र नेपाली जनताको मन जित्ने अवस्थामा पुर्याउन नेतृत्व तहमा एक प्रकारको नया उर्जा समेत थपिदै गएको अनुमान गर्न थालिएको छ ।
झापामा पनि नेपाली कांग्रेसको चौधौ महाधिबेशनको चहलपहल बढन थालेको छ । जिल्ला, क्षेत्र, नगर र गाउँपालिकाहरुमा मात्र नभई वडा र टोल स्तरमा पनि अहिले कांग्रेसको महाधिबेशनको चटारो स्पष्टै रुपमा देख्न सकिन्छ । वडा स्तरबाटै नगर, क्षेत्र, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुको यात्रा तय हुने भएकोले पनि अहिले कांग्रेसका नेताहरु क्रियाशिल सदस्यहरुका घरघरमा पुग्न थालेका छन् ।
धेरै बर्षसम्म राजधानी तिर हराएका नेताहरुको गाउघरमा देखिएको उपस्थितिले कांग्रेस कार्यतर्काहरुमा खुसी र आक्रोश दुबै बराबर देखिएको छ । आम पार्टी कार्यकर्ताहरुलाई समस्या र अप्ठ्यारो पर्दा यिनै स्थानीय युवाहरूको साथ र सहयोग पाएका दमक कांग्रेसका क्रियाशिल कार्यकर्ताहरु र स्थानीय नेता कार्यकर्ताहरु पनि केन्द्रीय तहका नेताहरुभन्दा स्थानीय युवा नेताहरु प्रति नै बढी आकर्षित देखिएका छन् । आफ्ना नेताहरुको अनुहार देख्न पनि बर्षौपछि हुने महाधिबेशन या आवधिक रुपमा सम्पन्न हुने निर्वाचन नै कुर्नुपर्ने बाध्यताले कांग्रेसका स्थानीय क्रियाशिल सदस्यहरु तथा आम मतदाताहरुमा नैराश्यता उत्पन्न हुने कुरालाई पनि अब नेपाली कांग्रेसका माथिल्लो तहका नेताहरुले बुझ्न जरुरी भैसकेको छ ।
नेपाली कांग्रेसको चौधौं महाधिबेशनलाई केबल नेपाली कांग्रेस भित्रका नितान्त आन्तरिक प्रजातान्त्रिक अभ्यासका रुपमा मात्र नहेरी सिंगो लोकतन्त्रको रक्षा र क्रियाशिलताका हेर्नु पर्ने हुन्छ । आन्तरिक प्रतिस्पर्धामा जो जसले कार्यकर्ताहरुको मन जितेर नेतृत्वमा गए पनि कुनै गुट या बैचारिक समूहको नभई सिंगो नेपाली कांग्रेसको नेतृत्व गर्ने शाहस र हिम्मत राख्न अब आउने कांग्रेस नेतृत्व सफल बनौस भन्ने नै आम कांग्रेस कार्यकर्ताहरुको चाहना रहेको देखिन्छ ।
दमक कांग्रेसमा पनि नगर सभापतिका लागि अहिले ३ जना प्रतिस्पर्धिहरुले आफ्नो उम्मेदबारी घोषणा गरिसकेका छन् । तिनै जना नेताहरु दमक कांग्रेसका होनहार युवा नेताहरु हुन । एक भन्दा अर्को शक्तिशाली युवा नेताहरुको प्रतिस्पर्धाले दमक कांग्रेसको आगामी चौधौं महाधिबेशन झनै रोमाञ्चक हुने देखिएको छ । पार्टीभित्रको आन्तरिक प्रजातान्त्रिक अभ्यास भएकोले यसलाई जितहारको बिषय नबनाई जिम्मेबारी बाँडफाँडको हिसाबले लिनु पर्ने दमक कांग्रेसका युवा नेता तथा दमक कांग्रेसका सभापतिका प्रत्यासी पर्शुराम रिजालको भनाई रहेको छ । बिगतमा पनि गुटगत राजनीतिले सिंगो कांग्रेसलाई क्षति पुगेको तितो यथार्थतालाई स्मरण गर्दै नेता रिजाल दमक कांग्रेसलाई गुटगत क्रियाकलापलाई न्यूनिकरण गर्दै एकताबद्ध कांग्रेस बनाउने आफ्नो पहिलो लक्ष रहेको बताएका छन् ।
अब आउने कांग्रेसको नेतृत्वले पार्टीलाई पूर्णरुपमा बिधि, बिधान, र पद्धतिमा अगाडि बढाउनु पर्ने धारणा राख्ने नेता रिजाल कांग्रेसका वडा समितिहरुलाई क्रियाशिल नबनाई सिंगो कांग्रेस दर्बिलो नहुने बिचार राख्छन् । जरा बलियो भयो भने मात्रै बिरुवालाई हावाहुरीले लडाउन नसक्ने धारणा राख्ने नेता रिजालसंग अहिले दमकका चर्तित युवा नेताहरु प्रकाश प्रसाई र वर्तमान नगर सभापति रोशन बिष्टले प्रतिस्पर्धा गर्ने देखिएको छ ।
प्रकाश प्रसाई दमक उद्योग बाणिज्य संघको अध्यक्ष तथा बिभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध भई काम गरिसकेका नेता हुन भने रोशन बिष्ट बिद्यार्थि राजनीतिबाट जिल्लातहको राजनीतिको अनुभवलाई सम्हाल्दै नेपाली कांग्रेसको दमकको नेतृत्वमा आएर दमक नगर समितिको निर्वाचित सभापति भएर अहिले पनि पार्टीमा काम गरिरहेका युवा नेता हुन । सहमति सहकार्य र एकता नै आफ्नो राजनीतिको वटमलाईन भएको बताउने युवा नेता रोशन विष्ट आफुले शुरु गरेका पार्टी शुद्धिकरण र सुदृढीकरणका कार्यक्रमहरु पुरा गराउनका लागि मात्रै आफुले दोश्रो कार्यकालका लागि उम्मेदवार घोषणा गरेको बताएका छन् ।
दमक कांग्रेसका तिनै जना नगर सभापतिका उम्मेदवारहरु मध्ये प्रतिस्पर्धाको अवस्था हेर्दा अहिलेसम्म पर्शुराम रिजालको नै पल्ला भारी देखिएको छ । आफु नगर सभापति भएमा कांग्रेसको नेता नभई जनताको सेवकको रुपमा काम गर्छु भनेर सार्वजनिक रुपमै घोषणा गरेर नगर सभापतिको उम्मेदबारी घोषणा गरेका रिजाल नेपाल बिद्यार्थि संघ झापाका पूर्व जिल्ला सभापति पनि हुन । स्थानीय राजनैतिक दलहरु र स्थानीय सरकारसंग गुण र दोषका आधारमा समर्थन र बिरोध गर्ने हक्की स्वभावका धनि नेता रिजाललाई यस पटक दमकका कांग्रेसीहरु नगर सभापति बनाउन लागिपरेको बुझिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपप्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
नेपालबारे के भन्छिन जापानकी विदेशमन्त्री खामिखावा ?
बैशाख २३, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
बैशाख २८, २०८१ शुक्रबार
प्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
कोशीमा अन्तरिम आदेश भएन, रिट पूर्ण इजलासमा जाने
बैशाख २८, २०८१ शुक्रबार
सरकारी संयन्त्रलाई वासिङ मेसिन जस्तो बनाएर प्रधानमन्त्रीले रविलाई कति दिन बोक्ने ?: कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार
मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला
बैशाख २८, २०८१ शुक्रबार
कांग्रेसको नाराबाजीपछि १५ मिनेटका संसद बैठक स्थगित
बैशाख २८, २०८१ शुक्रबार