शेखरमय बन्दै कांग्रेस
यज्ञप्रसाद भट्टराई
साउन १९, २०७८ मंगलबार १६:५०:१
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको आगामी चौधौं महाधिवेशनमा सभापतिको
उम्मेदवारी घोषणा गरिसकेका छन् ।
नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताहरुको दवावमा उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन । पार्टीको शाख निरन्तरको ओरालो यात्रामा मात्रै हिडेपछि नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुले अब डा. शेखर कोइरालाले नेपाली कांग्रेसको लगाम सम्हाल्न ढिलो गर्नु हुँदैन भनेर बिगत बर्षहरुदेखि नै दवाव दिईरहेका थिए ।
नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुको सोही भावना र चाहनालाई मूर्तरुप दिन कोइराला अहिले कांग्रेस नेतृत्वको अग्रपंक्तिमा खडा भएका छन् । डा. शेखरको राजनीतिमा सकृयतासँगै नेपाली कांग्रेस भित्र योग्य र ईमान्दार नेतृत्वको लागि लामो समयदेखिको खडेरीमा पालुवा पलाएको छ । आम पार्टी कार्यकर्ताहरुको असल नेतृत्वको पर्खाईको घडी पनि समाप्त भएको छ ।
डा. शेखरको उद्घोषले नेपाली कांग्रेस पार्टी भित्र बेग्लै रौनकता थपिएको छ । तमाम नेता तथाकार्यकर्ताहरु डा. शेखरको पक्षमा अब खुलेरै बहसमा निस्किएका छन् । यसले पनि वर्तमान नेतृत्व पंक्तिमा रहेका केही खास नेताहरुलाई डा. शेखरको राजनीतिक सकृयताले भातपानी मात्र हैन निन्द्रा समेत बिगारिरहेको र चिन्तित समेत बनाएको बुझिएको छ ।
अहिलेको कांग्रेसको युवा पुस्ताले वर्तमान नेतृत्वको बिकल्प मात्र खोजेको छैन, कांग्रेस भित्रको सुरक्षित भविष्य समेत खोजेको छ । त्यसैको पूर्ण ग्यारेन्टी डा. शेखरको नेतृत्वमा पार्टीलाई बिधि र बिधान अनुरुप सञ्चालन गराउन सकियो भने मात्र संभव हुन्छ भन्ने कुरा आम युवा पार्टी पंक्तिले बुझेको छ, देखेको छ, महशुस गरेको छ।
तमाम युवाहरुका आशाका केन्द्रका रुपमा रहेका डा. कोइरालाले आफु सभापति प्रधानमन्त्री बन्नका लागि नभई बिग्रिएर, भत्किएर, मक्किएर, खिया लागेको नेपाली कांग्रेसलाई पुर्ननिर्माण गर्दै र गुट र फुटको कहालीलाग्दो अवस्थाबाट नेपाली कांग्रेसलाई पुर्नजीवन दिदैं युवाहरुको हातमा नेतृत्व हस्तान्तरणका लागि मात्रै हो भनेर सार्वजनिक रुपमै भनिसकेका हुनाले पनि डा. शेखर कुनै पनि लाभको पदमा आशक्ति गर्ने ब्यक्ति होईनन् भनेर अहिले जिल्ला जिल्लाका, नगर र गाउँगाउँका आम कांग्रेस पार्टी पंक्तिले बुझिसकेका छन् ।
यसैले अहिले गाउँगाउँमा, नगर र क्षेत्रहरुमा, जिल्ला र प्रदेशहरुमा, अझ भनौं सिंगो केन्दीय नेतृत्वका बीचमा डा. शेखरकै चर्चा परिचर्चा हुने गरेको छ । कसरी डा. शेखरलाई सभापति बनाउने भनेर स्थानीय स्तरका नेताहरु छलफल र नेतृत्व तैयारीको अभियानमा जुटिसकेका छन । यसरी हेर्दा लाग्छ नेपाली कांग्रेस पुरै शेखरमय भएसकेको छ । केन्द्रदेखि, प्रदेश, जिल्ला, क्षेत्र, नगर र गाउँहरुमा अहिले यहि सन्देश गैरहेको छ ।
नेपाली कांग्रेस प्रति दिनानुदिन खस्कदै गएको जनताको बितृष्णाले निकट भविष्यमै अब आउने युवा पिढीलाई राजनीति गर्न नै अत्यन्तै ठूलो सकस हुने बुझेर नै डा. शेखर अहिले बाध्य भएर नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नै पर्ने बाध्यात्मक अवस्थामा आईपुगेका हुन । पार्टी सञ्चालनका आधारहरु समेत ख्याल गर्न नसक्ने नेतृत्वपंक्तिले अब नेपाली कांग्रेसलाई बिस्तारै भूमिगत अवस्थामा पुर्याउन सक्ने खतरा बढीरहेको कुरा यसभन्दा २ बर्ष अगाडि देखिनै डा. शेखरले भन्दै आएको कुरा अहिले आएर चरितार्थ हुदैं पनि गैरहेको छ ।
अब पनि कांग्रेसमा यहि नेतृत्व रहिरहने हो भने दुईचार कम्यूनिष्टका अगुल्टाहरुको सहारामा भिजेको भुषमा आगो सल्काउन खोज्नु बाहेकको र बेतुकको सरकार प्रमूखको पगरी गुथ्नुभन्दा माथि कुनै पनि कार्य गर्न सक्ने अवस्था नेपाली कांग्रेसमा रहँदैन । डा. शेखरको राजनीतिक यूटर्नले लामो समयसम्म पार्टीमा लाभको पद धारण गरेर बसिरहेका सयौं नेताहरुलाई र तिनै नेतालाई उपयोग गरेर आफ्नो दुनो सोझयाउन लालायित केही भक्तप्रसादहरुलाई भने कांग्रेसको आगामी चौधौं महाधिवेशनले बिस्थापित गर्ने निश्चित प्रायः भैसकेको बुझेर हो या अबको कांग्रेसको चौधौ महाधिवेशनबाट पार्टी भित्रका जुझारु युवा नेतृत्वले पार्टीमा दर्बिलो उपस्थिति जनाउन सक्ने पुर्वानुमानबाट तर्सिएर हो वर्तमान कांग्रेस नेतृत्व पार्टीको बैधानिकतासँग जोडिएको पार्टीको चौधौं महाधिवेशन गर्नसम्म चाहिरहेको देखिदैन ।
कहिले आफैले क्रियाशील सदस्यता बितरणमा बखेडा झिकेर होस या कहिले आफैले बितरण गरेका क्रियाशील सदस्यतामा कतै आफैलाई भोट आउदैन कि भनेर बेतुकको समस्या खडा गरेरसमयमै महाधिवेशन गर्नबाट पछि हटिरहेको देखिन्छ । अब कांग्रेसमा युवाहरुको नेतृत्व अपरिहार्य भैसकेको कुरालाई बुझेका डा. शेखरले अब युवाहरुको बहुमत भन्दाबढी उपस्थिति केन्द्रदेखि गाउँसम्म पुर्याउने प्रतिबद्धता ब्यक्त गरेसँगै युवाहरुमा थप उत्साह र हौसला समेत बढेको छ । तर झण्डै ६ बर्ष बितिसक्दा पनि पार्टीको महाधिवेशन गर्न नसक्ने वर्तमान नेतृत्व प्रति अहिले कांग्रेसबृत्त भित्रै बिरोध हुन थालिसकेको छ ।
पार्टीको महाधिवेशन जतिजति पछाडि धकेलिदैछ, त्यति त्यति वर्तमान काग्रेंस नेतृत्वप्रति कांग्रेसकै नेता तथा कार्यकर्ताहरुको बिश्वास समेत हराउँदै गैरहेको छ । यसले विश्वासको ठाउमा बितृष्णा र आक्रोशको बिजारोपण भयो र सिंगो पार्टीको बैधानिकतामा ठेस लाग्यो भने त्यो चाहे प्रधानमन्त्री होस् चाहे मन्त्री र सांसद नेपाली कांग्रेसका ईमान्दार नेता तथा कार्यकर्ताहरुले कुनै पनि हालतमा माफी दिने छैनन भन्ने कुरा पनि अब वर्तमान कांग्रेस नेतृत्वले बुझन जरुरी छ ।
यदि कांग्रेसका ईमान्दार र मौनतामा रहेका नेता तथा कार्यकर्ताहरुको मौनता र धैंर्यताको बाध टुट्यो भने वर्तमानमा कांग्रेसलाई नेतृत्व गरिहेका छौं भने फुँई हाँकिरहेका लाक्षी र महाधिवेशनबाट भाग्न खोजिरहेका नामर्द नेतृत्वलाई सिंगो कांग्रेसको शक्तिले कहिल्यै उठन नसक्ने गरी रसातलमा पुर्याउन कुनै समय लाग्दैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसंघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ २१, २०८१ सोमबार
महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ: अध्यक्ष नेपाल
जेठ २०, २०८१ आइतबार
छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
टी-२० विश्वकप : सुपर ओभरमा ओमानमाथि नामिबियाको जित
जेठ २१, २०८१ सोमबार
टी–२० विश्वकप : ओमान र नामिबियाको खेल सुपर ओभरमा
जेठ २१, २०८१ सोमबार
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पेस गरिने
जेठ २१, २०८१ सोमबार
फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
जेठ २१, २०८१ सोमबार
गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र
जेठ २१, २०८१ सोमबार
व्यवसायी एवं लगानीकर्ता टोमसदोत्तिर आइसल्याण्डको राष्ट्रपतिमा निर्वाचित
जेठ २१, २०८१ सोमबार