मञ्जुश्री फाइनान्सको मुनाफा ११५ दशमलव ८१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार १६:१०:२९
२५ साउन, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको मुनाफा ११५ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो वर्ष २६ करोड ३२ लाख ४४ हजार मुनाफा गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म ५६ करोड ८१ लाख १८ हजार यो मुनाफा गरेको हो ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको सञ्चालन मुनाफा पनि ११३ दशमलव ६९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू। ३७ करोड ८७ लाख ७६ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष ८० करोड ९३ लाख ९३ हजार यो नाफा गरेको हो ।
गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा भने ४८ करोड ५६ लाख २७ हजार रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ९४ लाख ७५ हजार थियो ।
गत वर्ष अघिल्लो वर्षभन्दा ५२ दशमलव ३६ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले ५ दशमलव ४८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ८४ करोड ८३ लाख ८३ हजार रहेको निक्षेप संकलन गत वर्ष ८ अर्ब ९१ करोड ७ लाख ७० हजार रहेको छ । त्यस्तै अघिल्लो वर्ष ५ अर्ब ८८ करोड २९ लाख १९ हजार रहेको कर्जा प्रवाह गत वर्ष ६ अर्ब २० करोड ५० लाख ४३ हजार रहेको छ ।
अघिल्लो वर्ष ३ दशमलव २६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९२ प्रतिशत घटेर २ दशमलव ३४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू। ५८ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ १८० रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ १४८ दशमलव ४ रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने कांग्रेसको निर्णय
जेठ १, २०८१ मंगलबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार