रेडक्रस सोसाइटीद्वारा झापामा मास्क बैंक स्थापना
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार १७:४०:३
२९ साउन, झापा । सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पुर्याउने र कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।
जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ । एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान शुरु गरेको थियो । हाल बैंकमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिए ।
उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।
“मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ”, सभापति गिरीले भने, “यसले सरकारले शुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ र आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ ।”
जिल्लामा दुई सातादेखि कोभिड– १९ को संक्रमण र मृत्युदर बढेसँगै निषेधाज्ञा जारी छ । प्रहरीलेसमेत जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने र मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन अभिप्रेरित गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार
थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु
जेठ १०, २०८१ बिहिबार
सगरमथा दिवसको अवसरमा ललितपुरमा बाल क्लाईम्बिङ प्रतियोगीता सम्पन्न
जेठ १०, २०८१ बिहिबार
कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
जेठ १०, २०८१ बिहिबार