डाँडाको बरपीपलमा एक साथ शिव र भुवन
नेपालबहस संवाददाता
साउन २९, २०७८ शनिबार ०:५८:५४
२९ साउन, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भुवन केसी र अभिनेता शिव श्रेष्ठ र करिब १६ वर्षपछि एक साथ पर्दामा देखिने भएका छन् ।
१६ वर्षपछि सोभित बस्नेत निर्देशित ‘डाँडाको बरपीपल’मा उनीहरु एक साथ काम गर्न लागेका हुन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै सिनेमा छायांकनको सेड्युल तय गरेको छ ।
दोस्रो लकडाउनका कारण सिनेमाको छायांकन अगाडी बढ्न पाएको थिएन । अब, भदौ ५ बाट सिनेमाको छायांकन सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको सिनेमालाई काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।
नवराज गिरीको लगानी रहने सिनेमामा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेल फाइनल भइसकेका थिए । भुवन जोडिएसँगै सिनेमाको लाइनअप बलियो बनेको छ ।
रामकाजी घिमिरेको लेखन रहने सिनेमामा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।
२०६२ सालमा रिलिज भएको सोभित बस्नेत निर्देशित सिनेमा ‘राजु राजा राम’मा पनि शिव र भुवनले सँगै काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार