पहिरोपीडित भन्छन्, कसले हेर्ने हाम्रो पीडा ?
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार २३:४९:५५
८ भदौ, अर्घाखाँची । गत वर्ष पहिरो जाँदा शितगंगा नगरपालिकाका ११ र १२ का दुईवटा गाउँनै भासिएपछि एकसय सात घरधुरीमध्ये २७ घर परिवारको पूर्णरुपमा क्षति भएर घरबारविहीन बन्न पुगे पनि राज्यबाट उचित व्यवस्थापन हुन सकेको छैन । शितगंगा नगरपालिका–११ को ढुगेसरा गाउँका जनता यतिबेला निकै त्रासमा छन् । गत वर्ष नै गाउँमाथिबाट पहिरो खसेपछि उनीहरुको बिचल्ली भएको हो ।
गत वर्षको पहिरोमा नौ घर पूर्णरुपमा क्षति भएको थियो भने दर्जनौँ घरहरुमा सामान्य क्षति भयो र धेरै घर जोखिममा परे । सरकारी अधिकारीदेखि जनप्रतिनिधिहरु पहिरोबाट भएको क्षति हेर्न त्यहाँ पुगे । वडा अध्यक्ष, मेयर, प्रदेश सांसददेखि मन्त्रीहरु पुगेर पीडितहरुलाई आश्वासन पनि दिए । तर, उनीहरुको समस्या समाधानमा कसैले गम्भीर भएर चासो दिएनन् ।
तत्कालीन समयमै भूगर्भविदसहितका प्राविधिक टोलीले वडा नम्बर १२ को जोख्ले गैरा र ११ को ढुगेसरा जोखिम क्षेत्र भन्दै बसोबासका लागि योग्य नभएको बताएका थिए । केही समय आफन्तकोमा बसेका पीडितहरु पछि सोही गाउँमा फर्किए । अहिले पनि माथिबाट जमिन भासिन थालेको वडा नम्बर ११ का वडा सदस्य गणेश पुलामीले बताए ।
गाउँको सिरानमा गत वर्ष जस्तै बिस्तारै जमिन भासिन थालेकोले झनै जोखिम बढेको पुलामीले बताए । गत वर्ष वडा नम्बर ११ र १२ का २७ घर पहिरोले बगायो भने एक सय नौ घरहरु जोखिममा परे पनि उनीहरुको बस्ती व्यवस्थापनमा सरकार एक वर्षदेखि उदासिन हुँदा जोख्ले गैराका अधिकांस कपिलवस्तुका विभिन्न स्थानमा गएर बसेका छन् ।
घरबारविहीन भएका पीडितहरुलाई पूर्वमन्त्री टोपबहादुर रायमाझीले अस्थायी टेन्ट वितरण गरेर फर्किए । तर, वन कार्यालयले टेन्ट जफत गरेर उनीहरुलाई त्यहाँबाट लखेटेपछि कुनै नेताहरु फर्केर त्यहाँ नपुगेको स्थानीयहरुको गुनासो छ ।
गत वर्ष बचेका घरहरु अहिले जोखिममा पर्न थालेका छन् । पहिरो फेरि जान सुरु गरेपछि वडा नम्बर ११ ढुंगेसराका सात घर अहिले जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय ठाडाकाअनुसार अहिलेको पहिरोले तीन घर पहिरोबाट बिस्तापित बनेका छन् भने चार घर र प्राथमिक स्वास्थ चौकी पहिरोको जोखिममा छन ।
शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले विभिन्न स्थानमा एकीकृत बस्तीका लागि पीडितहरुलाइ अनुरोध गरे पनि सबै एकमत भएर जान नमानेपछि स्थानीय तहलाई जग्गा व्यवस्थापनमा समस्या भएको बताए । नगरपालिका क्षेत्रमा खुला, सरकारी जग्गा नै नभएकोले व्यवस्थापन गर्न समस्या भएको नगर प्रमुख अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार