हेलम्बुदेखि सिपाघाटसम्मका बस्ती जोखिममा
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार १८:५४:४८
१४ भदौ, काठमाडौं । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।
आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । “नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ, करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ”, उनले भने ।
अबरुद्ध सडक यातायात कहिले खुल्छ ?
मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेसँगै अबरुद्ध सडक यातायात कहिले खुल्छ ? भन्ने टुंगो लागेको छैन । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक–पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ ।
सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माणमा समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो”, उनले भने ।
आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । गत शुुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् ।
अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात र १५ झोलुङगे पुलमा क्षति भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार