निरन्तरको वर्षाले म्याग्दीमा दुई घर भत्किए
नेपालबहस संवाददाता
भदौ १४, २०७८ सोमबार २२:६:२१
१४ भदौ, म्याग्दी । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ६ नेपानेमा एक/एक घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा) र नेपानेका प्रेम नेपालीको ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्याधिक बर्षाका कारण पर्खाल भत्किएर घरमा क्षति पुगेर बस्न नमिल्ने भएको छ । मानवीय क्षति भने भएको छैन् । दुबै परिवारका सदस्यलाई छिमेकमा रहेको आफन्तको घरमा बसोबासको ब्यवस्था मिलाएर सामान सारिएको छ ।
नेपानेका नारायण पौडेलले आइतबार राति घर भत्किएपछि प्रेमका पाँच जनाको परिवारलाई मनबहादुर दमाइँको घरमा सारिएको बताए । भत्किएको पर्खाललाई त्रिपालले छोपिएको र बर्षा रोकिने बित्तिकै स्थानीयवासीले श्रमदान गरेर मर्मत गर्ने सल्लाह भएको पौडेलले बताए ।
बर्षासँगैको पहिरो खसेर म्याग्दीको ‘लाइफलाइन’ मानिएका बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पस्दा आज बिहान ८ घरमा क्षति र भाग्ने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस बर्षको मनसुनजन्य विपद्बाट म्याग्दीमा तीन जनाको मृत्यु, १० जना घाइते र १३४ घरमा पूर्ण क्षति भएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले पहिरो, बाढी र कटानले घरमा क्षति पुग्दा एक हजार ४०० जना घरबासविहीन भएका छन् ।
त्यस्तै १३ घरमा आंशिक, १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । दुई वटा गोठमा आंशिक, २ वटामा पूर्ण क्षति र १७४ वटा पशुचौपाया मरेका छन् । बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक÷एक वटा विद्यालय भवनमा क्षति पुगेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बेनीसहित, दरबाङ, बाबियाचौर, सिञ्गा तातोपानी, भुरुङ–तातोपानी, राहुघाट, गलेश्वर क्षेत्रलाई बाढी र कटानको जोखिम क्षेत्रमा राखेको छ । अन्नपूर्ण गाउँपालिकाको धस्केखोरीया, बेनी नगरपालिकाको मसार, दूधेखोला मालिकाको रुम, धवलागिरिको लुलाङलगायतका ठाउँमा बाढीपहिरोको जोखिम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार