झापामा भाद्र २० गते एकै दिन वडा अधिवेशन
यज्ञप्रसाद भट्टराई
भदौ १६, २०७८ बुधबार १६:५०:५७
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अब भने हुने निश्चित भएको छ । पार्टी भित्रका अनेकौं समस्याहरु र विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ का कारण कांग्रेस महाधिवेशन हुने नहुनेमा अनेकौं अडकलबाजी र नेतृत्वको आन्तरिक टकरावका कारण स्वयं नेपाली कांग्रेस भित्र पनि महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने कुरामा आशंकाहरु रहदै आएका बेला केन्द्रमा नेताहरुमा भएको राजनीतिक सहमति र पार्टी भित्र देखिएका समस्याहरु समाधान गर्न नेतृत्व तहले देखाएको अग्रसरताले कांग्रेसको महाधिवेशन सुनिश्चित बनाएको हो ।
यसै सिलसिलामा नेपाली कांग्रेस झापाले पनि जिल्लाका सम्पुर्ण वडाहरूमा हुने निर्वाचनको मिति तय गरेको नेपाली कांग्रेस झापाले जनाएको छ । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मङ्गलवार बसेको गाउँपालिका र नगरपालिका सहित सम्पुर्ण ५ वटै निर्वाचन क्षेत्र र जिल्लाका प्रमुख तथा पदाधिकारीहरूको छलफलले आगामी भाद्र २० गते जिल्लाका १ सय ३१ वटै वडाहरूमा एकै साथ वडा अधिवेशन गर्ने निर्णय भएको पार्टी सभापति उद्धव थापाले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २० गते जिल्लाका १ सय ३१ वटै वडामा पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने गरिको निर्वाचन तालिका समेत सार्वजनिक गरेको नेपाली कांग्रेस झापाले जनाएको छ ।
नेपाली कांग्रेस झापाले जनाए अनुसार आगामी भाद्र २० गते हुने वडा अधिवेशनको कार्यतालिकामा भाद्र १९ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गर्ने, दिउँसो १२ देखि २ बजेसम्म उम्मेदवारको नाम प्रकाशन गर्ने, दिउसो २ देखि २स्३० सम्म दाबी विरोध भए पेश गर्ने, दिउसो २स्३० देखि ३ बजे सम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ बजेदेखि ५ बजे सम्मलाई नाम फिर्ता लिन पाइने गरि कार्यतालिका निर्माण गरिएको हो ।
झापा जिल्ला भरी एकै दिन एकै समयमा सम्पन्न गर्नेगरी बनाईएको कार्यतालिका अनुसार भाद्र २० गते आईतवार हुने निर्वाचन बिहान ११ बजे देखि २ बजे सम्म मात्र मतदाताका रुपमा रहेका कृयाशिल सदस्यहरुले मत हाल्न पाउने गरि समय सीमा तोकिएको छ । छलफलमा उपस्थित भएका गाउँ नगर क्षेत्र तथा जिल्लाका पदाधिकारीहरूले अधिवेशन गर्नुको विकल्प नरहेको बताएका थिए । महाधिवेशन गर्ने समय सिमा कम भएको र पार्टीको बैधानिकतालाई समेत जोगाएर लैजानु पर्ने स्थितिको समेत गहन विश्लेषण गरिएको बैठकमा उपस्थित कांग्रेस नेताहरुले बताए । झापा कांग्रेसका नेताहरुले जसरी पनि भाद्र २० गते अधिवेशन गरेरै छाड्ने सामूहिक सहमति समेत जनाएको झापा कांग्रेसले जनाएको छ ।
छलफल कार्यक्रममा उपस्थित झापा जिल्लाका लागि खटिएर आएका प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको संशोधित विधान, कार्यविधि र निर्वाचन सम्बन्धी नीति नियमको बारेमा सहभागी कांग्रेस नेताहरुलाई जानकारी गराएका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार