जीवन बीमामा प्रभुत्व गुमाउँदै एलआइसी नेपाल, ग्राहकले पत्याउनै छाडे !
आर्थिक संवाददाता
भदौ २१, २०७८ सोमबार २०:४३:२५
२१ भदाै, काठमाडाैं । भारतीय लगानीमा खुलेकाे जीवन बीमा कम्पनी एलआइसी नेपालको पछिल्लो समय व्यापार निरन्तर खस्किदो अवस्थामा पुगेको छ। कुनै समय नेपालको टप बीमा कम्पनीको रुपमा परिचित कम्पनी एलआइसी नेपाल अहिले आएर नयाँ बीमा कम्पनीको अघि पनि टिक्न असफल भएको छ । अघिल्लो आर्थिक वर्षमा बीमा शुल्क आर्जनमा दोश्रो नम्बर रहेको कम्पनी अहिले चौथो नम्बरमा पुगेको छ।
यस कम्पनीका अभिकर्ताहरु अन्य बीमा कम्पनीतर्फ आकर्षित हुँदैछन भने आक्रमक रुपमा कम्पनीले आफुलाई बजारमा प्रस्तुत गर्न सकेको छैन । कम्पनीको बीमा प्रडक्ट आकर्षक नहुँदा ग्राहककाे आकर्षण कम हुँदा त्यति नआएको सजिलै बुझ्न सकिन्छ ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार एलआइसी नेपालले भारतबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने र प्रमुख कार्यकारीलाई सुरुमा नेपाल र नेपाली बीमा बजार बुझ्न नै लामो समय लाग्ने र नयाँ परिवेशमा काम गर्न पनि केही समस्या परेको देखिन्छ । विदेशी प्रमुख कार्यकारी भएका नेपाली बैंकले आक्रामक व्यापार गर्न नसकेको जस्तै एलआइसी नेपालमा पनि त्यो समस्या रहेको छ।
एलआइसी नेपालमा ५५ प्रतिशत लगानी एलआइसी भारत, २५ प्रतिशत विशाल ग्रुप र २० प्रतिशत नेपाली सर्वसाधारणको लगानी रहेको छ।कम्पनी संचालक समितिको अध्यक्षमा एम आर कुमार रहेका छन् भने संचालक समिति सदस्यहरुमा मुकेश गुप्ता, अशोक अग्रवाल, कोमल अग्रवाल कार्यरत छन भने लक्ष्मी प्रसाद दास संचालक तथा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।
आर्थिक वर्ष ०७८/७९ को प्रथम महिना अर्थात श्रावणमा एलआइसी नेपाल बीमा शुल्क आर्जनमा नेपाल लाइफ, नेशनल लाइफ र राष्ट्रिय बीमा सस्थांन भन्दा मुनी पुगेको छ भने प्रथम बीमा शुल्क आर्जनमा भने कम्पनी १३ नम्बरमा झरेको छ।
बीमा शुल्क आर्जनमा चौथो :
बीमा समितिले प्रदान गरेको तथ्याङ्क अनुसार नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले गत महिना जम्मा १६ अर्ब ६१ करोड बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये एलआइसी नेपाल चौथो स्थानमा पर्छ । नेपाल लाइफले सर्वाधिक ४ अर्ब ७६ करोड बीमा शुल्क आर्जन गर्दा राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ७३ करोड, नेशनल लाइफले १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेका छन् तर चौथो स्थानमा रहेको एलआइसी नेपालले जम्मा १ अर्ब बीमा शुल्क आर्जन गरेको छ ।
प्रथम बीमा शुल्कमा पहिरो :
प्रथम बीमा शुल्क भनेको नयाँ ग्राहकले पहिलो पटक तिरेको बीमा शुल्क हो । १९ जीवन बीमा कम्पनीहरुले श्रावण महिनामा मात्र २ अर्ब ७४ करोड नयाँ व्यापार गरेका छन् । एलआइसी नेपाल भने श्रावण महिनामा नयाँ व्यापार सिर्जना गर्ने बीमा कम्पनी मध्ये १३ नम्बरमा परेको छ।
स्मरण रहोस, नेपालका जीवन बीमा कम्पनी मध्ये एलआइसी नेपाल प्रथम बीमा शुल्क आर्जनमा अन्तिमबाट सातौ भएको छ । एलआइसी नेपालले श्रावण महिनामा ८ करोडको मात्र नयाँ व्यापार अथवा प्रथम बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीले श्रावण महिनामा १ अर्ब मात्र बीमा शुल्क आर्जन गरेको छ । जसको पछाडि पुरानो र अहिले नविकरण गरिएको बीमा शुल्कको हात ठूलो छ । पुरानो बीमाहरु परिपक्व हुँदै जान्छ र कम्पनीलाई दीर्घकालीन रुपमा लाभ बनाउन प्रथम बीमा शुल्कको ठूलो हात
हुन्छ । किनकी बीमा गर्ने व्यक्तिले बीमा गरेपछि वर्षौसम्म प्रिमियम तिर्ने गर्छन ।
यसरी कुनै समयको स्थापित जीवन बीमा कम्पनीको अवस्थामा निकट भविष्यमा नाजुक बन्नेतर्फ उन्मुख भएको विगत केही समयदेखिको तथ्यांकले देखाउँछ । प्रथम बीमा शुल्कलाई आधार मान्दा निकट भविष्यमा एलआइसी नेपालको स्थान निकै तल जाने निश्चित देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
कृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार