महोत्तरीमा कांग्रेस अधिवेशन : आकांक्षीहरूकाे तयारी शून्य
नेपालबहस संवाददाता
भदौ २०, २०७८ सोमबार २:२५:४६
२० भदौ, महोत्तरी । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमा नै हुने भएपछि देशैभर अधिवेसनको गर्मागर्मी बढिरहेको छ । पाटीभित्रको योगदान र क्रियाशीलताका आधारमा हरेक वडा, नगर र जिल्लाहरूमा कांग्रेसका नेताहरूको आआफ्नै दाबी छ । कतिपय ठाउँहरूमा सहमति भइसकेको छ भने कतिपय ठाउँहरूमा सहमतिका प्रयासहरू भइरहेका छन् ।
प्रदेश( २ का जिल्लाहरूमा भने न सहमति बन्न सकेको छ। न त सहमतिका प्रयासहरू नै भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा जिल्लाका नगर, वडाहरूमा खासै तयारी देखिएको छैन ।
अझ महोत्तरी जिल्लामा त यसको तयारी शून्य देखिएको छ । जिल्लामा सभापतिको दाबेदारीमा चिरन्जीवी हमाल, नागेश्वर यादव, बजरङ्ग नेपाली र सुशील यादवको चर्चा चले तापनी कोही पनि खुल्न सकेका छैनन् ।
ुउहाँहरूले दाबी गरेको सुनिएको छ तर हामीलाई केही भन्नुभएको छैन । पालिकाहरूमा सहमति हुन सक्ने भए पनि जिल्लामा भने सहमति हुन नै सक्दैनझ, नेपाल तरुण दल महोत्तरीका अध्यक्ष विनोद ढुंगेलले भने ।
तर, दाबी गरेका नेताहरूबीच नै गुट, उपगुट छन् । जिल्लामा अनौपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेकाहरूका लागि आआफ्नै समूहहरू तयार बनिसकेका स्रोत बताउँछ । यसैले पनि सहमतिको संभावनामा निक्कै कम रहेको बताइन्छ ।
कांग्रेस महोत्तरीमा यसरी विवाद सिर्जना हुँदै छ कि वडामा समेत सर्वसम्मतबाट उम्मेदवार छनोट गर्न अत्यन्त मुस्किल भइरहेको जिल्लास्तरीय नेताहरूको भनाइ छ । एउटा पालिकामा चाररचार जनासम्म सभापतिका अकांक्षीहरू छन् । लामो समयसम्म पार्टीमा योगदान भएको हुँदा कुनै पनि हालतमा सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने उनीहरूको अडान छ ।
बर्दिबास नगरपालिकामा मात्र अहिलेसम्म पाँच जनाभन्दा बढी उम्मेदवार छन् । तीमध्ये अगाडि देखिएका शंकर फुयाल, कुमार दाहाल र युवराज पोखरेल छन् । उनीहरूले कार्यकर्ताहरूसँग भोट नै माग्न सुरु गरिसकेको स्थानीय नेता माधव पौडेल बताउँछन् ।
क्षेत्र नं। १ मा भने सहमतिको प्रयास नजिक(नजिक पुगेको स्थानीय नेता तथा बर्दिबास नगरपालिकाका सभापतिका अकांक्षी शंकर फुयालको भनाइ छ । ‘सकेसम्म क्षेत्र नं। १ मा उमेर, योग्यता, क्षमता र योगदानका आधारमा कोही पनि छुट्नेछैनन् भन्ने मैले विश्वास लिएको छु । नेता तथा कार्यकर्ताहरूले सही मूल्यांकन गर्नेछन्,’ उनले भने, ‘सहमति, सहकार्य र सहअस्तित्व स्वीकार्ने पार्टी भएकाले सबै कार्यकर्ताले आफ्नो जित भएको महसुस गर्नेछन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
जेठ ११, २०८१ शुक्रबार
आगामी असार २ गते व्यास नगरप्रमुखको पुनःमतगणना हुने
जेठ ११, २०८१ शुक्रबार
इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू
जेठ ११, २०८१ शुक्रबार
सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक
जेठ ११, २०८१ शुक्रबार
रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
जेठ ११, २०८१ शुक्रबार