ट्रष्ट रिसिप्ट कर्जाको सीमा ९० दिनमा झर्यो
नेपालबहस संवाददाता
भदौ २५, २०७८ शुक्रबार १६:५९:४०
२५ भदौ, काठमाडौै । नेपाल राष्ट्र बैंकले ट्रष्ट रिसिप्ट कर्जाको सीमा ९० दिनमा झारेको छ। केन्द्रिय बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाले दिने टिआर प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारेको हो।
यसअघि केन्द्रिय बैंकले टिआर कर्जाको सीमा १८० दिन कायम गरेको थियो। केन्द्रिय बैंकले ९० दिनको सीमालाई गत वर्ष मात्रै बढाएर १८० दिन पुर्याएको थियो।
विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिने गर्छन्। यसअघि व्यवसायीहरुले पाँउदै आएको १८० दिनको सीमा अब घटेर ९० दिनमा झरेको छ। व्यवसायीले सामान आएको ९० दिनमा नै कर्जा भुक्तानी गर्नुपर्ने हुन्छ।
यस्तै, राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रहरुमध्ये होटल, ट्राभल, ट्रेकिङ हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखि २ वर्षसम्म ४ किस्तामा असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार