झापा क्षेत्र नं.५ “ख” बाट खुल्ला प्रदेश प्रतिनिधिमा बुढाथोकीको उम्मेदवारी
यज्ञप्रसाद भट्टराई
असोज ५, २०७८ बुधबार १:२६:१९
५ असाेज, झापा । नेपाली कांग्रेस नेपालको एक समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो। देश अहिले नेपालकै पहिलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चौधौं महाधिवेशनको महान कार्यमा लागेको अनुभुति हुन थालेको छ । केही जिल्लाहरूमा देखिएको क्रियाशिल सदस्यताको विवाद पनि विस्तारै समाधान उन्मुख हुँदै गैरहेको अवस्थामा अब नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सुनिश्चितता देखिएको हो ।
संगठन बनाउने, टिममा कम विश्वास गर्ने, नेतमुखी होइन कार्यकर्ता एवं जनतामुखी, महलमुखी होइन बस्तीमुखी, इमानदार र संगठनमुखी, गणेशमुखी नभएर कुमारमुखी, नेता एवं व्यक्तिमुखी नभएर नीति एवं सिद्धान्तमुखी, कर्तब्यमुखी, काममुखी, विश्वासमुखी, जनमुखी न कि धनमुखी, सडकमुखी न कि कुर्सीमुखी नेतृत्व आजको आवश्यकता हो ।
तसर्थ नेपाली कांग्रेसको विचार र नीति विशुद्ध जनताको चाहनामा आधारित हुनुपर्छ र जनताका परिवर्तनका मागलाई सम्बोधन गर्नसक्ने खालको हुनुपर्छ । यस्तो कांग्रे्रेसको नेतृत्व गर्न बीपीजस्तो वैचारिक, गणेशमान जस्तो वीर, किसुनजी जस्तो निष्ठावान, गिरिजाप्रसाद जस्तो सांगठनिक व्यक्तित्वको आवश्यकता छ । एकै व्यक्तिमा मात्र यी सबैखाले गुण नभए पनि त्यस्तो टिमको निर्माण गर्नु नेपाली कांग्रेसको चुनौती र आवश्यकता हो ।
लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक परिपाटीको उपयोग हुँदै वडा स्तरका निर्वाचनहरु धमाधम सम्पन्न हुने क्रममा छन् । लामो समय पछि हुन लागेको कांग्रेसको चौधौं महाधिवेशनमा अहिले युवाहरूको अत्यधिक आकर्षण देखिएको कुरामा असाध्यै खुसी र उत्साहित देखिन्छन् नेपाली कांग्रेस दमकका युवा नेता पदम बहादुर बुढाथोकी ।
दमक कांग्रेसको सांगठनिक नेतृत्वमा लामो समयसम्म रहेर नेपाली कांग्रेसलाई जिवन्त राख्ने नेताका रुपमा चिनिएका नेता बुढाथोकी विगतको स्थानीय निर्वाचनमा पार्टी भित्र कै अन्तर्घातका कारण पराजय भोग्नुपरेको तितो यथार्थतालाई बुझेर पार्टी संगठनको आगामी आउने नेतृत्वले एकताबद्ध कांग्रेस बनाएर लैजानु पर्ने धारणा राख्छन् ।
झापा कांग्रेसको उदगमस्थलको रुपमा बताउने नेता बुढाथोकी पद र कुर्सी भन्दा माथि रहेर चालिसौ बर्ष निस्वार्थ कांग्रेस पार्टीको चारतारे झण्डाका लागि, प्रजातान्त्रिक समाजवाद र नागरिक स्वतन्त्रताको आन्दोलनमा होमिएका सिङ्गो दमकका आदरणीय ब्यक्तित्व हुन ।
उनै दमकका युवाहरुका आशाका केन्द्र बुढाथोकी नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा झापा जिल्लाको क्षेत्र नं. ५ “ख” बाट खुल्ला तर्फ प्रदेश प्रतिनिधिको रुपमा आफुलाई उभ्याएका छन् । पार्टीका निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु र वडा सभापतिहरु मतदाता रहने उक्त प्रदेश महाधिवेशनमा पदम बहादुर वुढाथोकीले सबै वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिहरुसँग बिवेकपुर्ण मतदानको अपेक्षा समेत राखेका छन् ।
पार्टी प्रतिवन्धित हुदा देखिनै भुमिगत राजनीतिमा सक्रिय युवा नेता बुढाथोकीले नेपाली कांग्रेसको वडा, नगर र विभिन्न राजनीतिक पदहरुमा बसी कुशल भुमिका निर्वाह गरिसकेका छन् । सामाजिक क्षेत्रमा समेत उत्तिकै सकृय नेता बुढाथाेकीले दमक र झापा जिल्लाका अनगिन्ती सामाजिक सस्थाहरुमा समेत आफ्नो भुमिका, दायित्व र जिम्मेवारी निभाई रहेका छन् । झापा कांग्रेसलाई जुझारु अनि क्षेत्र नं. ५ सहित सिङ्गो दमक कांग्रेसलाई शसक्त र प्रतिस्पर्धि वनाउन नेता बुढाथोकीको अझै खाँचो रहेको दमककै युवा नेताहरु बताउँछन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार