हिमालय एअरलाइन्सद्वारा ‘प्रयास नेपाल’लाई सहयोग
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार २२:५९:११
१४, असोज, काठमाडौ । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले पाँचौ वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो ।
कम्पनीले प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो ।
आजै सम्पन्न सङ्क्षिप्त अन्तरक्र्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।
प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वाल–वालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् । भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्कि्रया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।
बार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहो¥याउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्त आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व हिमालय सदा दृढ रहने बताए।
प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत श्रीमती दलीले बताए । कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुन खोल्ने भएकोले विद्यार्थीहरु भौतिकरुपमै विद्यालयमा उपस्थित भई पठन पाठनमा सहभागी
हुन उत्साहित छन् ।
नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वाल वालिकाहरुको मुहारमा खुशीयाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो । प्रयास नेपालका तर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स् आफ्नो संस्थाको पारिवारीक सदस्य झैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा अनुगृहित रहेको बताए ।
हाम्रा विद्यार्थीहरुका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उनहरुले पुर्याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीहरुलाई सदैव अभिप्रेरित गर्दै आएका छन् । “हामी आशा गर्छौ यस किसिमको आत्मियता सदा रहिरहनेछ । हामी हिमालयको निरन्तर सफलता चाहन्छौं र आसन्न वडा दशैंका लागि हिमालय परिवारप्रति हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौं”, श्री जोशीले भने ।
प्रयास नेपाल समाजका अशक्त , असहाय वाल–वालिकाहरुलाई शिक्षा, जनचेतनाको जागरण र सीपमूलक तालिमका माध्यमबाट तिनको सशक्तिकरण गर्ने अभिप्रायले सन् २००३ मा स्थापित एकपरोपकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै राष्ट्रका विभिन्न भागका, समाजका अनाथ, असहाय , परित्यक्त र शारिरीकरुपमा असक्त वाल वालिकाहरुका लागि वालगृह समेत सञ्चालन गर्दै आएको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।
‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र नौवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, बेइजिङ, छोड्ंछिडं, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाधमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० मा हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।
हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्त गर्न र उड्डयन क्षेत्रमा उच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ ग्राहक नै भगवान भन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार