सेतो पुतलीको संक्रमणबाट एकसय बिरामी
नेपालबहस संवाददाता
असोज १४, २०७८ बिहिबार २३:६:२१
शरद शर्मा
१४ असोज, काठमाडौं । विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको संक्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन । भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ । उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ ।
नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ । सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन् ।
उनले सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताए । अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ ।
“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उनले भने । अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन् । एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।
यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ । अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ ।
नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ । सामान्य अवस्थामा उपचार गर्न सकेनांै भने आँखामा पिप जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन् ।
पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ । मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ । मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उनले जानकारी दिए । उनका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताए।
रोकथाम
–सेतो पुतलीको संसर्गबाट टाढा रहने
–बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राखौं ।
–राति सुत्दा बत्ती निभाएर सुतौँ । बाल्नै परे मधुरो बालौं । सकेसम्म झ्याल ढोका बन्द गरौं । झुल लगाएर सुत्ने गरौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार