सिभिल ग्रुप प्रकरण : सर्वसाधरणको अरबौं डुब्ने खतरा, ६० करोड बढीको अवैद्य सम्पत्ति !
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १८:५३:३७
२० असोज, काठमाडौं । लामो समयदेखि विवादित रहेको सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित त्यसका सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । नेपाल प्रहरीको अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी) ले संविधानसभाका पूर्व सदस्य एवं सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेर पाँच दिनको समय लिई अनुसन्धान शुरु गरेको हो । करिब ७० करोड ठगी गरेको उजुरी लिएर सीआईबीले अनुसन्धान शुरु गरेको छ ।
सर्वसाधारण बचतकर्ताको निक्षेपमा ४६ करोड बढीं रकम ठगी गरेको भन्दै तामाङलाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तामाङसहित सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेको सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
सीआईबीले उनीहरूलाई कार्यालयबाटै पक्राउ गरिएको जनाइएको छ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । तर, संस्थाले अर्बौँ रुपैयाँ ठगी गरेको जनाइए पनि पुष्टी भने भइसकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको पनि सीआईबीले जनाएको छ ।
सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् ।
सहकारीमा रकम बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएपनि उनलाई प्रहरीले पक्राउ गर्ने आँट गरेको थिएन । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । शक्तिको आडमा सधै छलिदै आएका तामाङका विरुद्ध विभिन्न निकायमा उजुरी परेको थियो ।
निर्वाध लगानी
वचतकर्ताको रकम जोखिममा पर्नुको कारण तामाङले सहकारीबाट अनधिकृत रुपमा ऋण लिएर अन्धाधुन्ध घरजग्गामा लगानी गरेको देखिन्छ । सहकारीको आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनमा सहकारीबाट आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको थियो । त्यसमा तामाङको रियल स्टेट व्यवसायमा मात्र ९० प्रतिशत कर्जा लगानी भएको थियो ।
सहकारीका वचतकर्ताको रकम तामाङले सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल इस्टेट प्रालिमा लगानी भएको थियो । घर–जग्गा कारोबारमा मन्दी आएसँगै सहकारीको रकम चलाएर फाइदा उठाउने तामाङको योजना असफल भएको छ । समयमा सहकारीको सावाँ र ब्याज फिर्ता गर्न सकेनन् । सहकारीले वचतकतर्ताको रकम फिर्ता गर्न सकेन । बैंकको ऋण तिर्न समस्या भएपछि तामाङले सुन्धारामा बनाइरहेको सिभिल होम्स अपार्टमेन्ट बिक्री गरेका थिए ।
सिभिल बैंकमा रहेको श्रीमतीको संस्थापक शेयर बिक्रीका लागि कागजी छोडपत्र गरेर सिभिल बैंकमा रहेको १७ करोड ५३ लाखको संस्थापक शेयर बिक्री गरेका थिए । उता सहकारीलाई रकम उठाउन पनि समस्या । तामाङको हाउजिङमा लगानी गरेकाहरु पनि समस्यामा पर्दै गए । तर, सहकारीको सावाँ र व्याज तिर्न नसकेपछि वचतकर्ताहरुले सहकारी बोर्ड लगायतमा उनीविरुद्ध लामो समयदेखि उजुरी गर्दै आए पनि कारबाही हुन सकेको थिएन । पछि तामाङले सहकारीको अध्यक्ष केशवलाल श्रेष्ठलाई बनाए । उनी पनि सिभिल होम्समा संलग्न छन्। प्रहरीले श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।
सम्पत्ति रोक्का
दुई वर्ष अघि नै व्यवसायी तथा पूर्वसभासद् तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको थियो । तर तत्कालिन सत्तारुढ दल नेकपानिकट व्यवसायी तामाङको धेरै सम्पत्ति भने रोक्का भएको थिएन । सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक रहेका उनले सिभिल सहकारीसमेत चलाउँदै आएका थिए । सोही सहकारीको रकम ठगी आरोपमा सीआईबीले पक्राउ गरेको हो ।
शुद्धिकरण विभागले विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको बताए पनि राजनीतिक दबाबले कारवाही गर्न सकेको थिएन । त्यतिबेला विभागले उनलाई बयानका लागि बोलाएको भएपनि उनी बयान दिन गएका थिएनन ।
उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको र विभागको छानबिनमा उनीसँग करिब ६० करोड बराबरको सम्पत्ति भेटिएको थियो । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको थियो । विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, ल्होत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको शेयरसमेत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार