लामो समयदेखि बन्द रहेको हल बिहीबारबाट खुल्दै
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार २३:३३:४२
२० असोज, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रूप लिएपछि बन्द रहेका अधिकाँस क्षेत्र खुले पनि फिल्म हल भने अझै बन्द नै छन् । केही समय अगाडि उपत्यकामा फिल्म हल खोल्ने अनुमति प्राप्त भए पनि नेपालभर अनुमति नपाएसम्म हल खुलेका छैनन् । तर, अब २१ असोज बिहीबारदेखि दर्शकले फिल्म हेर्न पाउनेछन् ।
लामो समयदेखि बन्द रहेको हल बिहीबारबाट खुल्दै छ । विदेशी फिल्म ’फास्ट एण्ड फ्युरिय्स’ प्रदर्शन गर्दै फिल्म हल खुल्न लागेको हो । यद्यपि नयाँ फिल्म भने दर्शकले आउँदो साताबाट मात्र हेर्न पाउनेछन् ।
विदेशी फिल्महरूको प्रदर्शन सूची सार्वजनिक भइसक्दा पनि नेपाली फिल्मको प्रदर्शन मितिको तालिका सार्वजनिक भएको छैन । दसैँतिहारमा फिल्म प्रदर्शन गर्न ठूलै लडाइँ लड्ने निर्माताहरू यसपटक भने पर्ख र हेरको अवस्थामा छन् ।
विदेशी फिल्मले दर्शकलाई हलसम्म ल्याउन सफल भए मात्र आफ्नो फिल्म रिलिज गर्ने तयारी नेपाली निर्माताहरूको छ । ’पहिला रिलिज गरेर रिक्स कसले लिने रु’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने । हल खुलेको जानकारीसँगै तीन महिनासम्म प्रदर्शनमा आउने फिल्मले पाउने राहतको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेपाली फिल्मको भने प्रदर्शन तालिका केही समयपछि आउने बताए ।
’हामीले हल सुरक्षित रहेको बताउदै आएका छौँ’, उनले भने, ’केहि समयपछि नेपाली फिल्मका निर्माता पनि अगाडि आउनु हुन्छ भन्नेमा विश्वत छु ।’ चलचित्र विकास बोर्डमा चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, चलचित्र संघ, चलचित्र प्राविधिक संघलगायतका फिल्मसँंग जोडिएका संस्थाको संयुक्त कार्यक्रमबाट फिल्म रिलिजको मितिको तालिका सार्वजनिक नहुनु सुखद् होइन ।
भारतको महाराष्ट्रमा हल खुल्ने निर्णय भएसँगै बलिउडका अधिकांस फिल्मले रिलिज घोषणा गरे । तर, नेपालमा भने हल खुल्ने निर्णय हुँदा पनि निर्माताहरू अग्रसर हुन सकेका छैनन् । तीन महिनाको लागि भनिएको सेवासुविधामा नेपाली फिल्मले ट्रेलर देखाएको, हलमा पोष्टर राखेको शुल्क दिनुपर्ने छैन ।
यसबारे जानकारी दिँदै चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली निर्माताहरूका लागि प्रदर्शक सदैव हातेमालो गर्न तयार रहेको बताए । ’हामीले पहिलो हप्तामा निर्मातालाई ५५ प्रतिशत र त्यसपछिका सम्पूर्ण सेयरमा ५० प्रतिशत उपलब्ध गराउने छौं’ उनले भने, ‘यसका साथै नेपाली फिल्म दुई हप्ताको फरकमा मात्र रिलिज हुनेछन् ।’
सेवासुविधाअनुसार आगामी तीन महीनासम्म प्रदर्शन हुने फिल्मको प्रचारप्रसार, भीपीसीलगायतको खर्च चलचित्र विकास बोर्डले व्यहोर्ने भएको छ । बोर्डले तय गरेको फिल्म प्रदर्शन कार्यविधिमा समेटिने सबै फिल्मले तीन महीनासम्म यस्तो सुविधा पाउने अध्यक्ष दाहालले जानकारी दिए । यो अवधिसम्म छायांकनमा जाने फिल्मको पनि डेढ लाखसम्म प्रोजेक्ट बिमा हुने जनाइएको छ ।
बिहीवार हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’, २६ असोजमा ‘डाँडाको बरपीपल’, २८ असोजमा जेम्स बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज हुनेछन् । नेपाली फिल्म ‘डाँडाको बरपीपल’ हलबाट उत्रिएपछि अन्य नेपाली फिल्महरू धन्दागिरी, चोर पुलिस, धुम ४ र चुरिफुरी प्रदर्शन हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार