बाढीले यातायात सेवा अवरुद्व
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ मंगलबार २१:२९:९
२ कार्तिक, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ । गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।
गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिए। बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ ।
यस्तै मंगलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ ।
इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताए । सडक बन्द हुँदा दशैं मनाउन आएका यात्रु प्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार