निरन्तरको वर्षाले पाल्पा-बुटवलको यात्रा, जात्रै जात्रा !
नेपालबहस संवाददाता
कात्तिक २, २०७८ बुधबार ०:१२:३९
सुनिल कार्की
२ कार्तिक, पाल्पा । निरन्तरको वर्षाले सोमबार बिहानैदेखि बुटवल-पाल्पा सडक खण्ड दिनभर नै खुल्ने र बन्द हुने क्रम चली रह्यो । ‘मृत्युमार्ग’को रूपमा परिचित यस सडक खण्डको ठाउँठाउँमा गएको पहिरोले यात्रुले सास्ती भोगे ।
सडक खण्डको गौडेपुल, कालीमाटी, हिउँदे खोला, झुम्सा, दोभान, सिद्धबाबालगायतका दर्जनभन्दा बढी ठाउँमा ढुंगासहितको पहिरो जाँदा यात्रुले घन्टौँ जाममा बस्नुपरेको थियो । सडक लामो समय बन्द नभए पनि सानोतिनो पहिरोका कारण पनि यात्रुले समस्या भोगेको गुल्मीबाट काठमाडौंको यात्रा गरेका नवीन अर्यालले बताए ।
पहिरो हटाउन जेसीवी र जनशक्ति तयारी अवस्थामा तैनाथ राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । रातिको समयमा पाल्पा-बुटवल खण्ड भएर यात्रा गर्न निकै जोखिमपूर्ण रहेकाले आकस्मिकबाहेकको यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रहसमेत गरेको छ ।
हिउँद होस् या बर्खा, सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा यात्रुले सास्ती भोग्नुपर्ने नियति नै बनेको छ । चुनावताका ‘भोट कार्ड’को रूपमा प्रयोग हुने यस सडक खण्डले धेरै जनालाई मन्त्री, सांसद बनाएको भए पनि सडक भने बन्न सकेको छैन । यस खडक खण्ड भएर पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत। बागलुङ, कास्की, पर्वतसम्म सवारी आवतजावत गर्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
जेठ ८, २०८१ मंगलबार
कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
जेठ ८, २०८१ मंगलबार
बीपीसीलाई विद्युत महसुल बढाउने अनुमति दिएपछि उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा
जेठ ८, २०८१ मंगलबार
कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार