भारतले कैलालशपुरी बाँध बन्द गर्दा टिकापुर डुबानमा
नेपालबहस संवाददाता
कात्तिक ३, २०७८ बुधबार १७:४१:१८
◊ मोहन जोशी
३ कात्तिक, धनगढी । भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टिकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ । कर्णाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ । तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो । टिकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ पर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ ।
टिकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टिकापुरको पूर्वि क्षेत्र डुबानमा परेको उनले बताए । ‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्ष ठकुल्लाले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए । ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ उनले भने ।
यसैगरी, रानीजमरा कुलरिया सिंचाइ आयोजनाको साईड ड्याम फुटेर बस्तीमा छिरेको पानीका कारण टिकापुर बजारसमेत डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश साप्कोटाका अनुसार मंगलबार नहरबाट जानकी नगरपालिका क्षेत्रमा पसेको पानी बग्दै टिकापुर बजार क्षत्रमा पुगेपछि अहिले टिकापुर बजार क्षेत्र डुवानमा परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार