राष्ट्र बैंकको कारवाहीमा आठ वाणिज्य बैंक, सञ्चालकदेखि सीईओसम्म कारवाहीमा
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार २३:२:४
८ कार्तिक, काठमाडौं । पटक-पटक निर्देशन उल्लङघन गरेको अभियोगमा नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकले जारी गरेका विभिन्न निर्देशन उल्लङघन गरेपछि ८ वटा बाणिज्य बैंकका सञ्चालकदेखि सीईओसम्मलाई कारवाही गरेको हो ।
जसमध्य गत आर्थिक बर्षको चौथो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले जारी गरेका एकीकृत निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो ।
राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सीसीडी अनुपात कायम नगरेकाले यी बैंकहरुलाई कारवाही गरेको जनाएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई कुल निक्षेपको चार प्रतिशत राष्ट्र बैंकमा अनिवार्य नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो ।
राष्ट्र बैंकले चौथो त्रैमासमा नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ नगद जरिवाना गरेको छ । प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ नगद जरिवाना गरेको हो । हिमालयन बैंकलाई भने दुई पटक जरिवाना लगाएको छ । हिमालयन बैंकलाई प्रथम पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँ नगद जरिवाना गरेको नेपाल राष्ट्र बैंकको बैंक सुपेरीवेक्षण विभागले जनाएको छ ।
तेस्रो त्रैमासमा सिभिल बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उलंघन गरेको भन्दै १० लाख जरिवाना गरेको हो । यस्तै सोही त्रैमासमा बैंकलाई राष्ट्र बैंकले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।
तेस्रो त्रैमासमा नै राष्ट्र बैंकले प्रभु बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनमा गरेको व्यवस्था विपरित प्रभु बैंक, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैंकको तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालकहरु शंकरप्रसाद कालिकोटा, रमेश सिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र सीईओ अशोक शेरचनलाई सचेत गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
त्यस्तै केन्द्रीय बैंकले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरिबाना गरेको छ । यस्तै बैंकलाई अन्य कारवाहीस्वरुप सचेतसमेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई पनि सचेत गराएको जनाएको छ । दोस्रो त्रैमासमा नै राष्ट्रिय वाणिज्य बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिवाना गराएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार