आईपीओ निष्कासनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तले गर्यो २ करोड ७२ लाख मुनाफा
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १८:६:१६
११ कार्तिक, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा मुनाफा २ दशमलव १७ गुणा बढी भएको छ ।
गत आवको पहिलो त्रैमासमा १ करोड २६ लाख १३ हजार मुनाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर २ करोड ७२ लाख ८५ हजार पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र ३ करोड ८० लाख ७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
चुक्तापूँजी ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ५९ करोड ५४ लाख सापटि लिएर, ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार