कीर्तिपुरमा खुल्यो ‘क्रितिपुर सिने प्लेक्स’
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शुक्रबार २१:५:३३
१२ कार्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन् ।
अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ । दुई अडिटोरियम भए पनि अहिले एउटा मात्रै संचालन हुनेछ । फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म ‘आमा’ प्रदर्शन गरिएको छ । हल शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका निर्देशक, निर्माता र कलाकारहरू सहभागी थिए । ‘आशा छ, फिल्म क्षेत्र बिस्तारै चलायमान हुनेछ,’ कार्यक्रममा संचालक महर्जनले भने ।
थ्रिडी प्रोजेक्सनसहित जेभिएल ध्वनी जडान भएको हलमा नेपाली, हिन्दी, अंग्रेजी र नेवारी फिल्म प्रदर्शन गरिने छ । नेपालमै पहिलोपटक निरन्तर रुपमा नेवारी फिल्म देखाइन लागिएको हो । शुक्रबार पहिलो दिन हलिउड फिल्म भेनम, नेवारी फिल्म हिसिमती प्रदर्शन गरिएको छ । आउँदो साताबाट फिल्म ‘सूर्यवंशी’ प्रदर्शन गर्ने जनाइएको छ ।
थपिँदैछन् नयाँ हल
यसैबीच चौडै नै क्युएफएक्सले दमौलीमा नयाँ हल संचालन गर्ने भएको छ । आफ्नै मापदण्डअनुसार तयार गरेर हल संचालन गर्ने तयारी गरिएको हो । यस्तै, दीपकराज गिरीको समूहले पनि नयाँ वानेश्वरमा हल संचालन गर्ने तयारी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार