बाढीपहिरोको कहरः १५ वर्षअघि १० जना गुमाए, अहिले खेत बगर बनेपछि महर परिवार राहतको खोजीमा
नेपालबहस संवाददाता
कात्तिक २१, २०७८ आइतबार १९:१६:५०
सीपी लोहिया
२१ कार्तिक, बैतडी । ९ भदौ २०६३ राति १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण दुई घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकको आश्रित परिवारलाई प्रतिमृतक १५ हजार रकमका दरले एक लाख ५० हजार राहत पाइएको थियो ।
त्यसबाहेक उनीहरूले कतैबाट केही पनि सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनीहरू बस्दै आएको घर अहिले जीर्ण भैसकेको छ । यही कात्तिक पहिलो साता भएको अविरल वर्षाका कारण बाँकी रहेको उक्त घरसमेत पहिरोको उच्च जोखिममा परेको छ । अहिले पीडित डम्बरराम महरको सात जनाको परिवार त्रिपालमुनि बस्दै आएको छ ।
पीडित महरले भने, ‘२०६३ सालमा म बझाङमा रहेकाले बाँचेको हुँ । मेरा ठूलाबुबा र दाइको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरीसहित चार जना गम्भीर घाइते भएका थिए । छोरी पदमालाई दुई दिनपछि पहिरोबाट निकालिएको थियो । उनको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधि खुवाउनु पर्ने र हरेक दुई महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छदैँ थियो । तर, यसपालिको वर्षाले मेरो चार रोपनी जमिन बगरमा परिणत गरिदिएको छ । घर पनि जीर्ण भइसकेको छ । अहिले त्रिपालमुनिको बास भएको छ । पानी पर्दा उभिएरै रात कटाउँछौँ ।’
जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि निवेदन दिए पनि आफू छनोटमा नपरेको उनले गुनासो गरे । महरले भने, ‘दुई पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएँ । मेरोभन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । तर, मेरो निवेदन स्वीकृत भएको छैन ।
पहिलाको बाढीमा बचेको खेत अहिले बगेकाले घर बनाउने ठाउँसमेत छैन् । अत्यन्त पीडामा छु । कसरी गाँसबासको व्यवस्था गर्ने, केही सोच्नै सकेको छैन ।’ ज्वाइँको मृत्यु भएकाले छोरी हेमा पनि आफूसँगै रहेको र उनको पालनपोशणसमेत आफैँले गर्नुपरेको उनको भनाइ छ ।
२०६३ को घटना हुँदा दुई दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक दुई महिनामा उपचारका लागि भारतको बरेली लैजानु पर्छ ।
उतीबेला कहिले महर, उनका छोरा विश्राम र बुहारी लक्ष्मी तथा नातिनातिनी भुवनेश्वर, रेखा, चिना, शंका र पिंकीको ज्यान गएको थियो । यसैगरी उतिबेला भारतमा रहेका रत्ने महरका छोरीहरू रितु र गोमतीको मृत्यु भएको थियो ।
२०६३सालमा महर परिवारका एक ढलान घर र अर्को आठ कोठे छानो भएको घर भत्किएको थियो भने यस वर्षको बेमौसमी वर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ ।
अहिले महर राहतको खोजीमा दैनिक जिल्ला सदरमुकाम धाउने गरे पनि सुनुवाइ नभएको बताउँछन् । उनले वडादेखि नगरपालिका, प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइसकेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार