सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन
नेपालबहस संवाददाता
कात्तिक २३, २०७८ मंगलबार १९:५:४५
२३ कार्तिक, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरुले २०७७ साल असार २४ गते राति आएको बाढी र पहिराेले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरे । त्यसपछि हरेक वर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल–चीन सीमा क्षेत्र मितेरी पुलको अवलोकन गरे ।
अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोसी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयवासीको उपस्थिति थियो ।
अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही वर्षयताको लगातारका बाढीपहिराेका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयातनिर्यातबारे जानकारी लिए। अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्माले तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापारसम्बन्धी छलफलमा सहभागिता जनाए ।
छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायतका विकास कार्यलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने आवश्यकता औँल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेपाल–चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।
भूकम्प, बाढी र पहिरोजस्ता विपत्तिका कारण बाह्रबिसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । सभामुख सापकोटाले सीमा नाकाबाट आयातनिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडकखण्ड सुधारका लागि सरकारी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थमन्त्री शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । उनले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिवले समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।
भन्सार विभागका महानिर्देशकसहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डको व्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रित रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार