पूर्वी नवलपरासीमा ४० हेक्टर क्षेत्रफलमा धानवालीमा क्षति
मीना कंडेल
कात्तिक १४, २०७८ आइतबार १९:५०:२०
१४ कार्तिक, कावासोती । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ । गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो। मन्त्रालयका अनुसार सातै प्रदेशमा गरी ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट भएको छ ।
यता नवलपरासीमा चार हजार एक सय २८ मेट्रिक टन धान क्षति भएको छ । नवलपुरमा २० हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । ति मध्ये ५६ प्रतिशत क्षेत्रफलमा मात्र सिचाईको बेवस्था रहेको छ भने बाँकी ४४ प्रतिशत क्षेत्रफलमा आकाशे पानी र सिजनको पानीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।
यो क्षेत्रफल गत वर्ष भन्दा दुई सय दश हेक्टर कम हो । यस वर्ष नवलपुरमा ८१ हजार पाँच सय ७० मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंखर पौडेलले बताए । गत वर्ष नवलपुरमा ८४ हजार ९ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसबर्ष पनि धानको उत्पादन यसैको हाराहारीमा रहने अनुमान कुषि ज्ञान केन्द्रको रहेको थियो तर वेमौषमी पानीले गर्दा लक्ष्य अनुरुप धान उत्पादन गर्न नसकीने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताए । पूर्वी नवलपरासीमा ४० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । जसमध्य १० प्रतिशत पूर्ण रुपमा क्षति पुगेको छ भने बाकीमा आशिंक रुपमा क्षति पुगेको प्रमुख लामिछानेले बताए ।
जिल्लाका विनयी त्रिवेणी , मध्यविन्दु, हुप्सेकोट, कावासोती, देवचुली ,गैडाकोटका विभिन्न स्थानमा धानवालीमा क्षति पुगेको छ । यसमध्य दक्षिण भेगमा बढि क्षति पुगेको समेत उनले बताए । अधिकांश ठाउँमा धान काट्न बाकि रहेकाले पनि यस जिल्लामा क्षति कम भएको कुषि ज्ञान केन्द्रले जनाएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले बेमौसमी बर्षाका कारण भएको धानबालीमा भएको क्षतिको विवरण संकलन शुरु गरेको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाका अनुसार कावासोतीमा वडा कार्यालय मार्फत क्षतिको विवरण संकलन गरिएको छ । उनले भने – किसानहरुलाई के कति राहत दिन सकिन्छ भनेरक्षतिको विवरण संकलन शुरु गरिएको छ ।
नगरपालिकाले क्षति भएको धानको फोटो, क्षति भएको क्षेत्रफल र जग्गा धनि लालपूर्जाको फोटोकपी सम्बन्धित वडा कार्यालय मार्फत पठाउन किसानहरुलाई आग्रह समेत गरेका छन् । दसैंपछि किसानले धान काटेर भित्र्याउने तयारी गरेको बेला अचानक पानी परेका कारण धानबालीमा बढी क्षति भएको हो। धेरै किसान कान काटेर भित्र्याउने तयारीमा थिए। काटेको धान कतिपय ठाउँमा बगेको छ। डुबानमा परेर भिजेको धान खेतमै उम्रन थालेको छ। पाकेर काट्ने बेला भएको धान ढलेर नष्ट भएको छ ।
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
मर्स्याङ्दी जलविद्युत उत्पादनमा वृद्धि
जेठ ३, २०८१ बिहिबार
बेसारको सम्बन्ध कुन ग्रहसँग सम्बन्धित छ, यसले के फल दिन्छ ?
जेठ ३, २०८१ बिहिबार
लोपोन्मुख कालो सुँगुर संरक्षणमा
जेठ ३, २०८१ बिहिबार
घरघरमा खानेपानीको धारा पुर्याउन सोलार लिफ्टिङ
जेठ ३, २०८१ बिहिबार