थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार १९:६:१२
२८ कार्तिक, बागलुङ । चौफेरो अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लो बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । यो दृश्य हो ढोरपाटन सिकार आरक्ष केन्द्रको । यहाँ पुग्ने जो कोही पनि यहाँको प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन ।
बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन सिकार आरक्ष केही समययता आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । ढोरपाटन सिकार आरक्ष पुग्न बागलुङ बजारदेखि बूर्तिवाङसम्मको करिब ९० किलोमिटर सडक ९मध्यपहाडी लोकमार्ग० यात्रा गर्नु पर्छ । बूर्तिवाङ बजारदेखि करिब ३० किलो मिटर कच्ची सडक पारे गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ ।
ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख विरेन्द्रप्रसाद कँडेलका अनुसार यात्रामा जति नै दुस्ख भए पनि गन्तव्यमा पुगेपछि सबै भुलिन्छ । सदरमुकाम तथा जिल्ला धेरै ग्रामीण भेगबाट विस्थापित भएका घोडाहरू चरिरहेको देख्दा आहा १ नभन्ने कोही हुँदैनन् । ढोरपाटन घुम्न आउने अधिकांश पर्यटकहरू एक पटक मात्रै भए पनि घोडा सवार गर्न खोज्ने स्थानीय दिवस विकले बताए ।
फराकिलो ढोरपाटन उपत्यकमा घोडा दौडाएर भिडियो, टिकटक बनाउने, फोटो लिने पर्यटक धेरै हुन्छन् । एक पटक घोडा चढेको एक सयदेखि समयअनुसार दुई, तीन सय रुपैयाँ लिने गरेको विकले बताए । छिटफुट रुपमा सिकार गर्ने पर्यटकहरु पुग्ने ढोरपाटनमा पछिल्ला केही बर्षयता प्रकृतिप्रेमी पर्यटक पुग्न थालेको स्थानीय मिना पुनले बताए ।
गोठालाहरू भैंसी, गाई, गोरु, भेँडा, बाख्रा लिएर बेसी झरेपछि सुनसान जस्तै हुने ढोरपाटन क्षेत्र अहिले पर्यटकले खचाखच भएको छ । ‘पहिले पहिले हिउँदमा बस्ती सुनसान हुन्थ्यो,’ पुनले भनिन् ‘पर्यटक आउन थालेपछि अहिले बर्षभरी नै चहलपहल हुन्छ ।’ आन्तरिक पर्यटक बास बस्ने गरी जान थालेपछि ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटल खुलेका छन् ।ु
दसैंतिहार बिदाको समयमा धेरै आन्तरिक पर्यटक ढोरपाटन पुगेका थिए । सिकार आरक्ष कार्यालयले सो क्षेत्रमा प्रवेश गर्ने सवारीको लागत राख्ने गरेको छ । नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुटै प्रवेश शुल्कको तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार