मुस्ताङ हिमपहिरो : भागदौड हुँदा ११ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक २८, २०७८ आइतबार २०:५६:३४
२८ कार्तिक, काठमाडौं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरोको डरले भागदौड हुँदा ११ जना घाइते भएका छन् ।आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेपछि हिमपहिरोको डरले भागदौड हुँदा ११ जना घाइते भएका हुन् ।
हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ११ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पताल लगिएको छ ।
घटनालगतै घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपालबहस डटकमसँग कुराकानी गर्दै हिमपहिरोबाट मानवीय अन्य क्षति भने नभएको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार प्रहरी घटनास्थल पुगिसकेको छ। उनकाअनुसार हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र हो। यहाँ चौरीलगायत केही हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान रहेको नेपालबहस डटकमलाई जानकारी दिए । हिमपहिरोकाे छिटाले किसानले सुकाएको फापरमा समेत असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार