सानैमा बिवाह, तीन वर्षपछि खटपट सुरु : पछि जन्जाल !
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १७:२८:१९
उर्मिला भट्टराई
१५ मंसिर, सिन्धुली । कमलामाई नगरपालिकी १४ वर्षीया किशोरीले तीन वर्ष अगाडि प्रेम विवाह गरिन् । बिहे गरेको दुई वर्षसम्म दाम्पत्य सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो सम्बन्ध थियो । बिवाहको दुई वर्षपछि छोरी जन्मिइन् । दुबै खुसी नै थिए ।
तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । बिवाहको तीन वर्षपछि खटपट सुरु भयो र विस्तारै उनीमाथि शारिरीक एवं मानसिक हिंसा हुन थाल्यो ।
घरमा खानासम्म पनि नदिने र श्रीमानबाट हुने गरेको कुटपिट सहन नसकेपछि उनी माइतीमै बस्न थालिन् । ‘सुरुमा श्रीमानले कुट्दा सुध्रेलान् भन्ने भयो ।माइतीमा के जानु भन्ने पनि भयो,’ उनी भन्छिन्, “दैनिक रक्सी खाएर कुटपिट गर्न लागेपछि माइतीको सहारा लिनुपर्यो । दुई वर्षदेखि छोरीलाई सँगै लिएर माइतीमै बसिरहेको छु ।’
सुनकोसी गाउँपालिकाकी अर्की एक महिला श्रीमानको कुटाइ र यातना सहन नसकेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगिन् । श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक पिट्ने, घरमा बस्नै नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
प्रहरीले बारम्बार छलफल गराउँदासमेत परिवारले ती महिलालाई स्वीकार नगरेपछि एक महिनासम्म सुरक्षित आवास गृहमा राखिएको महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङ्ले बताइन् । पटकपटकको छलफल पछि अन्तिममा मिलापत्र भयो ।
दूधौली नगरपालिकाकी अर्की एक किशोरीले १७ वर्षको उमेरमा राजीखुसी बिवाह गरिन् । सामाजिक सञ्जालबाट चिनजान भएका पुरुषसँग दुई वर्षको प्रेम सम्बन्धपछि उनले बिवाह गरिन् । बिवाह पछि दम्पत्ति काठमाडौँमा बस्यो ।
किशोरी गर्भवती भइन् । सात महिनाको गर्भ हुँदा घरखर्च पठाउने सर्तमा उनको श्रीमान विदेश गए । नौ महिना पछि छोरी जन्मिइन् । विदेश गएका श्रीमानले केही सयम पैसा पनि पठाए । पछि श्रीमानले फोन नै उठाउन छाडे, पैसा त परैको कुरा ।
श्रीमान सम्पर्कविहीन भएपछि उनी खोजी गर्न थालिन । बुझ्दै जाँदा ती पुरुष पहिले नै बिवाहित रहेको र घरमा श्रीमती रहेको खुल्यो । उनी भन्छिन्, ‘मलाई उता घरमा कहिले पनि लैजानु भएको थिएन । घरमा त श्रीमती पो रहेछिन् ।’
उनी श्रीमानको घर गइन् । त्यहाँ उनलाई जेठी श्रीमती र घरपरिवारले बस्न दिएनन् । त्यसपछि उनी माइती पुगिन् ।महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्र सिन्धुलीको तथ्यांक अनुसार चार महिनामा घरेलु हिंसाका ४१ उजुरी परेका छन् । बहुबिवाह, मानसिक यातना, कुटपिटजस्ता विषयका उजुरी आउने गरेको प्रहरी हवल्दार तामाङले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसले छोएन इँटा भट्टाका मजदुरलाई
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार