इन्टर्नसीपको माग गर्दै मेडिकल काउन्सिलमा प्रदर्शन
सरला बैजु
मंसिर १५, २०७८ बुधबार २१:१४:१६
१५ मंसिर, काठमाडौं । चीनमा एमबीबीएस अध्ययन गरेरका विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।
नेपाल मेडिकल काउन्सिल अगाडी चिकित्साशास्त्र कोर्ष पूरा गरेका विद्यार्थीले इन्टर्नसीपको लागी माग गरेपनि कुनै सुनुवाइ नभएको भन्दै प्रर्दशनमा उत्रिएका हुन् । नेपाल मेडिकल काउन्सिलले २०१५ र १६ औं व्याजका चीनमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसीप गर्नको लागि स्वीकृति नदिए पछि उनीहरु आप्नो माग पुरा हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको अन्तिम वर्षको सैद्घान्तिक कक्षा केही समय बाँकी रहेको र त्यो अनलाईन कक्षाबाट पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
चीन सरकारको छात्रवृतिमा पढ्न गएका विद्यार्थीको ६ महिना, बाईलिङिग्वील (द्विभाषिक) युनिभर्सिटीमा पढ्न गएकाहरुको ९ महिना र अंग्रेजी माध्यमको विश्वविद्यालयमा पढ्न गएकाहरुको तीन महिना सैद्घान्तिक कक्षा कोभिडका कारण प्रत्यक्ष पढ्न पाएका थिएनन् । ती बाँकी रहेका सैद्घान्तिक कक्षा उनीहरुले अनलाईन मार्फत पढेर परीक्षा समेत दिइसकेको दाबी गरेका छन् ।
तर काउन्सिलले गत १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाहरुको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाईन अध्ययन अवधिलाई मान्यता दिन नहुने ।’ भनेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार