एड्स कम गर्न जनचेतना बढाउनुपर्नेमा जोड
सरला बैजु
मंसिर १५, २०७८ बुधबार २१:४८:३५
१५, मंसिर, सप्तरी । असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ बुधबारराजविराजमा ३४औँ विश्व एड्स दिवस मनाइएको छ । ¥.यालीसहित राजविराज नगरपरिक्रमा गरे पश्चात् आयोजित अन्तक्रिया एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्नेमा वक्ताले जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले एड्स संक्रमितलाई फरक दृष्ट्रिकोणले हेर्न र असमान व्यवहार गर्न नहुने बताए सही औषधिको प्रयोग र नियमित जाँचबाट एचआइभी संक्रमण भएको व्यक्ति पनि अब स्वस्थ व्यक्ति सरह वर्षौं एड्स नभइ बाँच्न सक्ने बताइएको छ ।
एआरटी थेरापी लिएमा एड्स संक्रमितले पनि सामान्य व्यक्ति सरह जीवनयापन गर्नसक्ने यादवले बताए । सप्तरीमा आर्थिक वर्ष २०७५/७६ मा ५९.९३, २०७६/०७७ मा ४६.८६ र ०७७/०७८ मा ४३.३३ प्रतिशत गर्भवती महिलाले मात्र एड्स जचाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
शतप्रतिशत गर्भवती महिलाले जचाउँनुपर्नेमा जचाउँने महिलाको प्रतिशत कम भइरहेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् पोजिटभ आएको संख्या भने क्रमशःबढदै गएको छ । एचटिसी कार्यक्रमअन्तर्गत २०७५/७६ मा ११, २०७६/७७ मा १२ र २०७७/७८ मा ३२ जनाको रिपोर्टिङ्ग हुनु डरलाग्दो कुरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जोखिमयुक्त क्षेत्र खोज्नु र तोक्नुपर्ने भन्दै सहयोगी समाजका कोर्डिनेटर पदम लामिछाने क्षेत्रीले एआरटिले शरीरमा एचआइभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्ने बताए चिकित्सकसँग सल्लाह र एआरटी सेवालाई निरन्तरता दिनुपर्नेमा क्षेत्रीले जोड दिए ।
प्राणघातक र पापकर्मका कारण नभइ एड्स संक्रमितको रगत कुनै कारणले अन्य व्यक्तिमा पुग्दा संक्रमित हुने जनाउँदै महिला सचेतना समाजकी सुनिता साहले अगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने वा जुठो खाँदैमा एचआइभी संक्रमण नसर्ने बताए।
असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्ने जानकारी दिँदै उनले नियमित चिकित्सकसँगको जाँच र औषधिको सेवनले संक्रमितले सामान्यजीवन बिताउनसक्ने बताए । सन् १९८८ देखि प्रत्येकवर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन दिवस मनाउने गरिएको निलहिरा समाजका रामप्रकाश चौधरीले बताए। दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआइभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बाँकेमा बर्सेनि बढ्दै एचआइभी÷एड्स संक्रमित
बाँकेमा एचआइभी÷एड्स रोगको संक्रमण बर्सेनि बढ्दो क्रममा रहेको छ । पछिल्लो एकवर्षमा मात्रै बाँकेमा ११७ एचआइभी एड्स संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी÷एड्स स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।
उनका अनुसार बाँकेमा आर्थिक वर्ष २०७४/७५ मा ५० जना नयाँ संक्रमित थप भएकामा २०७५/०७६ मा ८९ जना २०७६/७७ मा ११६ र २०७७/ ७८ मा ११७ नयाँ संक्रमित थप भएका छन् । बाँकेमा विसं ७४/७५ मा एक हजार १२, २०७५/७६ मा एक हजार १०१, ७६/७७ मा एक हजार २१७ र २०७७/७८ मा एक हजार ३३४ जनामा एचआइभी एड्सको संक्रमण देखिएको छ ।
बाँकेका ५१० संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा र ३२६ संक्रमितले अन्य सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बनाएका कारण उपचारमा सहज भएको भेरी अस्पतालका एचआइभी-एड्सस्रोत व्यक्ति डा संकेतकुमार रिसालले बताए।
उनका अनुसार ४५२ स.क्रमितले स्वास्थ्य बीमा बनाएर निःशुल्क सेवा लिइरहेका छन् । एचआइभी संक्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतिबाट लागुऔषध दिने गरेको छ । भेरी अस्पतालबाट ८० लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतिबाट लागुऔषध सेवन गर्दै आएका छन् ।
एचआइभी संक्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुन नदिन अस्पतालमा पिएमटिसिटी सेवा लागू गरिएको डा रिसालले बताए । विश्व एड्स दिवसको अवसरमा बाँकेमा आज जिल्ला स्वास्थ्य कार्यालय, भेरी अस्पताल, नेपालगञ्ज उपमहानगरपालिका र एचआइभी-एड्सको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले संयुक्त रुपमा सचेतनामूलक कार्यक्रम गरेका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसले छोएन इँटा भट्टाका मजदुरलाई
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार