एकैपटक १ सय ८९ जना इन्जिनियरहरुलाई विदाई
सरला बैजु
मंसिर १८, २०७८ आइतबार १:१९:३९
१८ मंसिर, भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट भक्तपुरले कलेजमा अध्ययन पूरा गरेका एक सय ८९ इन्जिनियरहरुलाई राजधानीमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।
विदाई कार्यक्रममा चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोम मिश्रले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विद्यार्थी इन्जिनियरहरुलाई विदाई गरेको हो । सिभिल इन्जिनियरिङतर्फका एक सय ४१ जना र एण्ड रुरल इन्जिनियरिङतर्फका ४८ जना गरी जम्मा एक सय ८९ जना विद्यार्थी इन्जिनियरहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा मेयर मिश्रले चाँंगुनारायणलाई प्राविधिक महाविद्यालयको हब बनाउने योजना रहेको भन्दै त्यसमा साथ दिन पास आउट भएका विद्यार्थीसँंग पनि अनुरोध गरे । चाँंगुनाराय नगरपालिका क्षेत्रमा रहेको नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरलाई प्राविधिक महाविद्यालयको हब मात्रै नभई हेर्न लायकको इन्जिनियरिग कलेज बनाउने योजना रहेको उनले सुनाए ।
कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले आफना विद्यार्थीहरुलाई पढाई पूरा गरी फिल्ड खटिंदा कलेजको नाम राख्ने गरी खटिन निर्देशन दिए । काममा खटिंदा नैतिकता साथमा लिएर काम गर्न उनले निर्देशन दिए । व्यक्तित्व विकासका लागि निरन्तर अध्ययन अनुसन्धान गरिरहन सुझाब दिंदै प्राडा श्रेष्ठले अध्ययनलाई कहिल्यै नछाडन आग्रह गरे । आआफनो व्यक्तित्व विकासका लागि पेशासँंग सम्वन्धित छाता संगठनहरुमा आवद्ध हुन उनले सल्लाह दिए ।
कलेज सञ्चालक समितिका सदस्य सोम प्रधानले कलेज निजी हो कि सामुदायिक हो भने विवाद चलिरहेको चर्चा गरे । उनले कलेजलाई जुनसुकै हालतमा पनि निजी बनाउन नदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बाबुसाहेककुमार बैठ र अर्जुन शाही प्रोग्राम टपर भई पुरस्कृत भएका थिए । साथै अनिश गिरी, नवराज पौडेल, सुदीप रिजाल, विवेक कोइराला सव्जेक्ट टपर भई पुरस्कृत भएका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार