डा. शेखर कोइरालाप्रति नेता तथा कार्यकर्ताहरुको समर्थन ह्वात्तै बढ्यो
यज्ञप्रसाद भट्टराई
मंसिर २२, २०७८ बुधबार १८:१७:२
नेपाली कांग्रेसको चौधौ महाधिवेशनको रौनक बढिरहेका बेला डा. शेखर कोइरालाप्रति पार्टीका नेता तथा कार्यकर्ताहरुको समर्थन ह्वात्तै बढेर गएको देखिएको छ । लामो समयसम्म अन्यौलग्रस्त अवस्थामा रहेको नेपाली कांग्रेसको चौधौ महाधिवेशन फेरि कुनै त्यस्तो भवितव्य नभए यही मंसिर २४ गतेदखि शुरु हुने पक्कापक्की भएको छ ।
डा. शेखर कोइरालालाई कमजोर आँकलन गरेर हिजोसम्म संस्थापनइतर पक्षले जसरी लिइरहेको थियो अहिले त्यो अवस्था ठीक उल्टो साबित हुदै गइरहेको देखिएपछि कांग्रेसको संस्थापन पक्ष अत्तालिएको अवस्थामा पुगेको छ ।
एकातर्फ आफ्नो अस्तित्व जोगाउने र अर्कोतर्फ शतप्रतिशत क्रियाशील सदस्यता थपेर देशैभरि गरिएको एकलौटी प्रतिनिधि छनोटले समेत सजिलै जित हात पार्न कठिन देखिएपछि डा. शेखर कोइरालाको शक्तिलाई अब भने संस्थापन पक्षले पनि दर्बिलो प्रतिस्पर्धिका रुपमा लिन थालेको मात्र छैन विभिन्न जिल्लामा हठात भएर कहिले सिटौला समूह त कहिले पौडेल समूहसँग सहकार्य गर्नैपर्ने अवस्थामा आइपुगेको छ ।
डा. शेखर कोइरालाको बढ्दो लोकप्रियताबाट अत्तालिएका कांग्रेसका संस्थापन पक्षहरुले अहिले डा. शेखर कोइराला माथि विभिन्न प्रकारका आरोपहरुसमेत लगाउन थालेका छन् भने डा. शेखर कोइरालाको पक्षमा उभिएका आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु माथि धाकधम्की र डरत्रासको वातावरण पनि सिर्जना गर्दै जान थालेका देखिएका छन् । यसै क्रममा डा. शेरखमाथि लगाइएका केही मनगढन्ते आरोपहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।
पहिलो त डा. शेखरलाई पार्टी सञ्चालनको अनुभवको कमी छ भनेर आरोप लगाउने गएिको छ । तर नेपाली कांग्रेसका पार्टी सञ्चालन गर्न अनुभव भएकाहरुबाट विगत ३० वर्षमा कस्तो पार्टीलाई कस्तो अवस्थामा ल्याइपुर्याए ? भन्ने विषयमा भने बहस हुने गरेको पाइँदैन । डा. शेखर कोइराला भन्नुहुन्छ, म पार्टीलाई विधि र विधानभन्दा एक इन्च पनि तलमाथि चल्न दिन्न । योभन्दा बढी पार्टी सञ्चालनको प्रकृया र पार्टीप्रतिको इमान्दारिता अरु के हुन सक्छ रु
त्यस्तै डां शेखर कोइरालालाई सभापति बन्नबाट रोक्न चाहानेहरुको अर्को आरोप छ– डा. शेखर कोइराला जुनियर नेता हुन् । उनीभन्दा धेरै सिनियर नेताहरुको अझै पालो आइनसकेको अवस्थामा डा. शेखर कोइरालालेले अझै केही वर्ष पालो कुर्नुपर्छ भन्ने आरोपले स्वयं वर्तमानका नेतृत्व तहलाई नै गिज्याइरहेको देखिन्छ ।
विगत ३८ वर्षदेखि निरन्तर कुर्सी ओगटेर बस्नेहरुले यसअघि कसकसलाई पालो सिस्टममा पद र कुर्सी हस्तान्तरण गरेका छन् ? बिपीले बनाइदिएको पार्टी र उसबेलामा कोरिदिएको समाजवादको खेश्रा भजाएर नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई टुकुचामा बगाएर अब पनि पदमा दोहोरिरहने प्रथालाई निर्मूलीकरण गर्न सिंगो देश डा. शेखरले नेपाली कांग्रेसको नेतृत्व गर्नुपर्छ भनेर उठिरहेका बेला अब यस्ता जुनियर र सिनियरका फोश्रा रोकावटले डा. शेखर कोइरालालाई रोक्न सक्दैन भन्ने कुरा स्पष्ट भइसकेको छ ।
सिंगो पार्टी तहसनहस बनाएर घर डढाएर खरानीको न्यानो ताप्नेहरुले अब बुझ्नुपर्छ कि अब कांग्रेसमा डा. शेखर कोइराला एक जबर्जस्र्त नेताको रुपमा उदाइसकेका छन् जसलाई सिंगो कांग्रेसको मात्र होइन प्रतिपक्षमा रहेर नेपाली कांग्रेसतर्फ दृष्टि लगाइरहेका प्रतिपक्ष जनताहरुको पनि साथ र समर्थन बढ्दै जान थालेको छ । सम्भवत डा. शेखर कोइराला नेपाली कांग्रेसको सभापति बने भने नेपाली कांग्रेसमा प्रवेश गर्ने नेपालीहरुको लर्को निकै लामो हुने पनि देखिदैछ ।
नेपाली कांग्रेसको इतिहाँसमा कोइराला परिवारको देन मात्र होइन यसलाई जीवन्त राख्न उक्त परिवारले गरेको लगानी र समर्पणका विषयमा प्रश्न उठाएर कुनै पनि कांग्रेस वास्तवमा कांग्रेस बन्न सक्दैन भन्ने कुरा बुझेका आमनेपाली नागरिकहरुले अब बिग्रिएर विघटनको अवस्थामा आइपुग्न लागेको कांग्रेसको संरक्षण र जगेर्ना गर्न एक पटक कोइराला परिवारकै नेतृत्वमा पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने बुझेरै अहिले नेपाली कांग्रेसका आमनेता तथा कार्यकर्ताहरु डा. शेखर कोइरालालाई सभापति बनाउने अभियानमा जुटेका छन् ।
त्यसैले एक इमान्दार कांग्रेस कार्यकर्ताको नाताले हामी सबैले वर्तमान कांग्रेस नेतृत्वको विकल्प खोज्न डराउनु हुदैन । हामी वर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्लाको जस्तो निर्वाचित जिल्ला सभापतिलाई बन्धक बनाएर प्रहरी र सेना लगाएर गएिको अधिवेशनजस्तो कांग्रेस बनाउने कि आमकार्यकर्ताहरुले स्वतस्फूर्त सहभागी भई लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने परिपार्टीको विकास गर्ने र? भन्ने बवषयमा स्पष्ट भएर अगाडि आउन जरुरी भइसकेको छ ।
फेरि पनि वर्तमान सभापति सोही पदमा दोहोरिए यत्ति कुरा विश्वास गर्नुस् अब बाँकी रहेका ७६ वटै जिल्लामा अहिलेको डडेल्धुराको जस्तो हबिगत तपाईं–हामी सबैले व्यहोर्नुपर्ने अवस्था आउनेछ । कर्णबहादुर मल्ल जस्ता निष्ठा र आदर्शवान् नेताझैं ७६ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुले सानेपाको पार्टी कार्यालयमा धर्ना बस्नुपर्ने दिन आउनेछ ।
त्यतिखेर तपाईं–हामीले पुर्पुरोमा हात राखेर केही प्राप्त हुनेवाला छैन । त्यसकारण यही चौधौं महाधिवेशनबाट वर्तमान देउवा नेतृत्वलाई निर्वाचनका माध्यमबाट ससम्मान बिदाई गर्न अब विलम्ब गर्नु हुँदैन । यसले पार्टीको विरोध गरेको ठहर्दैन बरु नेपाली कांग्रेसप्रति सम्मान र समर्थन गरेको देखिनेछ भन्ने मेरो व्यक्तिगत बुझाइ रहेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार