कुलतमा फसेका किशोरलाई सुधार गृहमा
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १९:७:३०
२९ मंसिर, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्ट र कलावति भट्टले सानै उमेरमा कुलतमा फसेका एक किशोरको उद्धार गरी आज सुधार गृहमा पठाएका छन् ।
व्यवसायी भट्ट दम्पतीले ती किशोरका परिवारको सहमतिमा सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने गरी आफ्नै गाडीमा राखेर त्यसतर्फ पठाएका हुन् । झलारीकै मुक्ति टोलका १३ वर्षीय किशोर सानै उमेरमा बजार क्षेत्रमा रहेका पसलबाट मादक पदार्थको चोरी गरि सेवन गर्ने कार्यमा संलग्न रहेका थिए ।
घर परिवारका सदस्यले किशोर कुलतमा फस्न थालेपछि घरमै बाँधेर राख्ने गरेका छन् । बाँधिएको साङ्लोसहित बजार क्षेत्रमा पुगेर किशोरले चोरी गर्न छाडेका थिएनन् । “आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन सकेका थिएनौँ”, किशोरकी आमा यसोदा रानाले भनिन्, “घरको एक्लो छोरो सानै उमेरमै कुलतमा फसेपछि निकै चिन्तित थियौँ । छोरालाई सुधार गरिदिने वाचाका साथ भट्ट दम्पतिले सुधार गृहमा पठाएकोमा खुसी छौँ ।”
कुलतमा फस्न थालेपछि छोरालाई सुधार गर्न घरमै बाँध्ने कार्य गरेपनि डोरी, साङ्लो सहित बजार क्षेत्रमै पुग्न थालेको उल्लेख गर्दै उनले भगवान बनेर भट्ट दम्पतीले घरमै पुगेर सुधार गर्ने प्रस्ताव गर्दा नर्कान नसकिएको बताईन् ।
“भट्ट दम्पती हाम्रा लागि भगवान बनेर आए”, उनले भनिन्, “छोरालाई सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने बचनवद्धता गरी सुधार गृहमा आफनै गाडीमा राखेर पठाएका छन् । छोरो सुधार हुनेमा आशाबादी छौं । खुसीको सीमा छैन ।”
“एक जना किशोर कुलतमा लाग्दा सयौं बालबालिका प्रभावित हुन सक्छन”, व्यवसायी गगनराज भट्टले भने, “यसतर्फ सवै अभिभावकले सचेत हुनु जरुरी छ । समाजमा आर्थिक रुपमा विपन्नता भएका व्यक्तिहरुको सहयोगका लागि सबैले अगाडी आउनुपर्छ । यही नै मानवीय गुण हो ।”
कमाएको केही पैसा मानवीय सहयोगका रुपमा खर्च गर्न पाउँदा गर्वको अनुभूति भएको उनले बताए । भट्ट दम्पतिको झलारी बजारमा होटल, सुनचाँदी व्यवसायसँगै बङ्गुर फार्म पनि सञ्चालनमा छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा किन एक्कासी कम हुन्छ रक्तचाप, जान्नुहोस
जेठ १६, २०८१ बुधबार
यस्ता छन् अल्सरका लक्ष्यणहरु, यसबाट बच्न के गर्ने ?
जेठ १२, २०८१ शनिबार
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
जेठ १२, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार