१७ वर्षपछि कुश्मीशेरा बजारको सडक कालोपत्र हुँदै
सरला बैजु
पुस १, २०७८ बिहिबार १९:३२:४३
१ पुस, बलेवा । कुश्मीशेरा बजारको सडक कालोपत्र गर्न थालिएको छ । पालिका मुकाममा रहेको बजार हिउँदमा धुलो र वर्षामा हिलाम्मे भएको भन्दै सर्वसाधारणले आलोचना गर्न थालेपछि जैमिनी नगरपालिकाले कालोपत्र गर्न थालेको हो ।
नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजित बजेटबाट काम थालेको भए पनि वर्षाका कारण काम हुन सकेको थिएन । म्याद थप भएको योजनाको काम पुस महिनाभित्रै सकिने गरी कालोपत्रको काम सुरु भएको इञ्जिनियर विवेक सापकोटाले बताए ।
जैमिनी नगरपालिकाको जैमिनी धामदेखि कुश्मीशेरा बजार निस्किने २।५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रको कामका लागि प्रतिस्पर्धा गर्दा बचेको ७० लाख बजेटले मुकामको सडक कालोपत्र गर्न थालिएको हो । ५२ लाखको लागमा झन्डै आधा किलोमिटर सडक कालोपत्र र ढलान हुनेछ ।
पुरानो बजारक्षेत्र कालोपत्र भए पनि नयाँ बजार विस्तार भइरहेको क्षेत्रमा पनि कालोपत्र गर्ने योजना नगरपालिकाको छ । सहरी विकास मन्त्रालयसँगको समन्वयमा नयाँ बजार क्षेत्र कालोपत्रको काम गरिने उनले बताए । दक्षिण बागलुङको केन्द्र मानिने कुश्मीशेरा बजारमा बजार विस्तार भए पनि सडक विस्तार हुन सकेको थिएन ।
पछिल्लो समय नगरपालिकाले सडक नाली, असजिलो सडकमा ढलान तथा ग्राभेल र साँघुरा सडक फराकिला बनाउँदै आएको छ । विसं २०६० को दशकमा सडक पुगेको कुश्मीशेराले कालोपत्र सडक देख्न झण्डै १७ वर्ष कुर्नुपरेको थियो ।
सदरमुकामदेखि जैमिनी नगरको मुकाम जाने सडकमध्ये डेढ किलोमिटर सडकमात्रै जैमिनी नगरपालिकामा कालोपत्र छ । बजारको सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवातजावतमा सहज हुने वडाध्यक्ष भूपेन्द्र थापाले बताए । व्यापारिक केन्द्रसमेत भएकाले यहाँ सर्वसाधारण चाप धेरै छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार