जाडोयाममा त्रिपाल मुनि बास
सरला बैजु
पुस १, २०७८ बिहिबार १९:५३:२२
१ पुस, सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् ।
निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । “बाल बच्चासहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ, भएको सानो घर वर्षामा ढल्यो, जाडोमा त जनता आवासले निर्माण गरिदिएको घरमा बस्न पाइन्छ भन्ने आश थियो त्यो पनि आशमै सीमित भयो । ” नारद पासवानले भने ।
निर्माण समितिको हेलचेक्र्याइका कारण समस्यामा परेको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासकी गीतादेवी पासमानको गुनासो गरे । विगत दुई वर्षदेखि घर पाउने आशमा रहेकी उनले निर्माण समितिको लापरबाहीका कारण आफुहरु समस्यामा परेको गुनासो गरे । “दुई वर्षअघिदेखि नै घर पाइन्छ कि भन्ने आश थियो, तर घर पाउन सकेको छैन” उनले भने, “अन्तत चर्को ब्याजमा रु चार लाख ऋण लिएर आफैले घर बनाउनुपर्यो ।”
आवास कार्यक्रम अन्तर्गत लालबन्दीमा मात्रै एक हजार ५०० घर बनाइदिने योजना थियो । ती मध्ये पाँच सय घर बनाउने सम्झौतासमेत भइसकेको कार्यक्रम कार्यान्वयन इकाईले जनाएको छ । सम्झौतामध्ये १०९ घर मात्र निर्माण भएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार