‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरू बैंक होइन’
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार २३:२५:१५
६ पुस, काठमाडौं । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सहकारीका संचालकहरूलाई आफ्नो सीमा ख्याल गर्न निर्देशन दिएका छन् । सहकारीहरू बैंकका रुपमा संचालन हुन थालेको भन्दै सहकारीको आफ्नै सिद्धान्त तथा मुल्य मान्यता ख्याल राख्न निर्देशन दिएका हुन् ।
‘सहकारीको आफ्नो छुट्टै मूल्य, मान्यता र सिद्धान्त छ’, मंगलबार सहकारीमा देखिएको तरलता अभावको समस्या समाधानका उपायसम्बन्धी कार्यक्रममा बोल्दै रजिष्टार अधिकारले भने, ‘आफ्नो सीमालाई ख्याल गर्नुहोस्, तपाईंहरु बैंक होइन ।’
सरकारले सहकारीको नियन्त्रण गरेको आरोप लगाएपछि जवाफमा रजिष्टार अधिकारीले सहकारी अभियानले आफ्नो दायित्व बिर्सिको बताए ।
विभाग सहकारीको समस्या समाधान गर्न सक्रिय भएको र यसमा हातेमाले गर्न उनले सहकारी संघ महासंघलाई आग्रह गरे । तर, सहकारी अभियानको नेतृत्व समस्यामा गफ गर्नेभन्दा पनि जिल्ला जिल्ला दौडिएर भाषणमा मात्र व्यस्त भएको उनले बताए ।
‘सहकारीका समस्यामा छलफल गर्न आउनुहोस्, म सात दिन मोबाइल अफ गरेर बस्न तयार छु’, रजिष्टार अधिकारीले भने, ‘तर तपाईंहरू समस्यामा छलफल गर्न छाडेर जिल्ला जिल्ला घुमेर बस्नुभएको छ ।’
कार्यक्रममा सहकारी सहकारीकर्मीहरूले सन्दर्भ ब्याज दर बढाउन आग्रह गरका थिए । जवाफमा रजिष्टार अधिकारीले बजारको आधारमा ब्याज दर निर्धारण गर्ने प्रणाली बनाउन लागिपरेको जानकारी दिए ।
हाल सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४।७५ प्रतिशतभन्दा बढि ब्याज दर लिन नपाउने गरी सन्दर्भ ब्याज दर तोकिएको छ । तरलता अभावसँगै बैंकहरूको ब्याज दर वृद्धि भएकाले सहकारीको पनि ब्याज दर बढाउन सहकारीका संचालकले दबाब दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार