सनराइज बैंककाे सहकार्यमा सहकारी संस्थाले भिसा डेविड कार्ड जारी गर्ने
नेपालबहस संवाददाता
पुस ७, २०७८ बुधबार २३:३४:५०
७ पुस, काठमाडौं। सहकारी संस्था तथा आबद्ध सदस्यहरुले भिसा डेविड कार्ड पाउने भएका छन् । राष्ट्र बैंकको नीति निर्देशन अन्तर्रगत डिजिटल बैंकिङ्गमा बढि भन्दा बढि सर्वसाधारणको पहुँच पु¥याउने उद्देश्य अनुसार सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरुका ग्राहकको लागी Co-Branded डेविट कार्ड जारी गर्नको लागी पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर), आइ मार्क प्रा. लि. तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लि. (NEPS) संग सहकार्य गरी सहकारी संस्थाहरुका ग्राहकलाई डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट सुरु गरेको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकले सहकारी संस्थाका ग्राहकहरुलाई दिने डेबिट कार्डको नमूना सार्वजनिक गरेको छ । कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ । पहिलो चरणमा पाइलट प्रोजेक्टकका रुपमा ५ वटा साझेदार सहरकारी मार्फत कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । आवश्यकता अनृसार परिमार्जन गरी यस आर्थिक वर्ष भित्र चार प्रदेशका न्यूनतम २५ सहकारीमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी सनराइज बैंकका कार्ड विभाग प्रमुखले जानकारी दिए ।
Co-Branded कार्ड जारी गर्ने बारे भिसा इन्टरनेसनलबाट समेत सहमती प्राप्त गरिसकेको र पहिलो चरणमा कार्ड जारी गर्नको लागी बिभिन्न चार सहकारी संस्थासंग सम्झौता गरिसकिएको छ भने प्राबिधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परिक्षण (User Acceptance Testing) समेत भइसकेको जनाइएकाे छ ।
भिसा ब्राण्डअन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने यो परियोजना दक्षिण एसियामै पहिलो अभ्यास भएको आइमार्कका प्रमुख सन्तोष काफ्लेले बताए। यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत् हुने कारवबारका लागि सनराइजले सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने उनले बताए । बैंकले अतिरिक्त कार्ड जारी गर्न भिसा इन्टरनेसनलसँग आवश्यक पहल गरी बैंक आइडेन्टिफिकेसन नम्बर (बीआइएन) उपलब्ध गराउने जनाएको छ।
जारी हुने कार्डको स्वीचिङ सेवा भने नेप्सले गर्ने बैंकले जनाएको छ। आइमार्क र पायोनियर एसोसिएट्सले सम्बद्ध सहकारी संस्था र बैंकको कोर बैंकिङ प्रणाली तथा स्वीचिङ प्रणालीबीच आवश्यक संचार समन्वय गर्न संरचना तयार गर्ने बैंकले जनाएको छ।
कारोबार राउटिङ, कार्ड जारी गर्नुअघि ग्राहक पहिचानका गतिविधि, इ–केवाइसी लगायतका कार्यहरुका लागि आवश्यक प्रावधिक सेवा आइमार्क र पायोनियर एसोसिएट्सले गर्ने बैंकले जनाएको छ।
जारी हुने डेबिट कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै लिंक हुनेछ। सहकारी संस्थाहरुलाई जारी गरिने डेबिट कार्डको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका कार्डभन्दा फरक नहुने बैंकले जनाएको छ।
इच्छुक सहकारी संस्थाहरुले डेबिट कार्ड पाउन सोझै सनराइज बैंक वा प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्समा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। राष्ट्र बैंकले चालु आवमा जारी गरेको मौद्रिक नीतिले पनि सहकारीका ग्राहकहरुलाई विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गर्ने योजना अघि सारेको छ।
सहकारीसँगको सहकार्यले एक त बैंकिङ क्षेत्रमा चुनौती थपेको बैंकका सीईओ सुमन शर्माले बताए । उनले बैंकिङ क्षेत्रमा चुनौती थपिनुका साथै सहकारीका सदस्यलाई भिसा कार्ड थप विश्वास दिने आधार बनेको बताए । सहकारीमा जम्मा भएको रकम अब कार्डबाट नै भुक्तनी पाउने अवस्था आउनु राम्रो भएको शर्माले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, बागमती प्रदेश सहकारी संघका अध्यक्षा रामशरण घिमिरे, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, बैंकका उच्चपदस्थ पदाधीकारी, विभिन्न सहकारीको प्रतिनिधिहरुले आआफ्नो विचार राखेका थिए ।
यस कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका सिमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तिय समाबेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शीतामा समेत बृद्धी भई सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशिया मा नै पहिलो अभ्यास भएको दावी गरीएको छ । अतः भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकको विश्वास छ ।
यस परियोजनाका प्रमुख बिशेषताहरु निम्न बमोजिम रहेका छन् :
क. यस परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागी सनराइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भुमिका निर्वाह गर्नेछ । यसका अतिरिक्त कार्ड जारी गर्नको लागी सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेशलन) सँग आवश्यक पहल गरि BIN (Bank Identification Number) उपलब्ध गराउने तथा कार्ड Personalization गर्ने कार्य समेत सनराइज बैंकले गर्नेछ ।
ख. यस परियोजना अन्तर्गत जारी हुने कार्डको लागी स्वीचिङ्ग सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लि. (NEPS) ले गर्नेछ ।
ग. आइ मार्क प्रा. लि. तथा पायोनियर एसोसिएट्स प्रा. लि. (कोसिस सहकारी सफ्टवेयर) ले सम्बद्घ सहकारी सँस्थाको कोर बैकिङ्ग सिस्टम, बैंकको कोर बैकिङ्ग सिस्टम र स्वीचिङ्ग सिस्टम बिच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार routing ,कार्ड जारी गर्नु पूर्व गरिने ग्राहक पहिचानका गतिबिधि, e-KYC लगायतका कार्यहरुको लागी आवश्यक प्राबिधिक सेवा प्रदान गर्नेछन् ।
घ. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरु सनराइज बैंकको स्वामित्वमा रहेको BIN (Bank Identification Number) अन्तर्गत जारी हुनेछन् भने सो कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै linked हुनेछन् ।
ङ. आफ्ना ग्राहकहरुलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आबश्यक अन्य प्रकृया सम्बद्घ सहकारीले नै गर्नेछ भने कुनै पनि सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व बैंकले भरपर्दो तेस्रो पक्ष मार्फत सो सहकारीको Due Diligence गर्नेछ ।
च. यस परियोजना अन्तर्गत जारी हुने कार्डहरुको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भैरहेका डेबिट कार्डहरु भन्दा फरक नहुने गरी अन्तराष्ट्रिय रुपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरु अनिवार्य रुपमा राखिएको छ भने संचालन जोखिम न्यूनिकरणका लागी विस्तृत संचालन बिधि तथा जोखिम न्यूनिकरणका उपाय तयार गरी लागु गरिसकिएको छ ।
यस परियोजना अन्तर्रगत कार्ड जारी गर्न इच्छुक सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रा.लि.(कोसिस सहकारी सफ्टवेयर) वा सनराइज बैंकमा सम्पर्क राखि सेवा प्राप्त गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार