सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार २१:५७:५९
८ पुस, काठमाडौं । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सनिबार संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले चालु आर्थिक वर्ष २०७७/७८ को आम्दानी र खर्चका साथै आगामी आ।बर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।
बिभिन्न ३३ वटा सेवाकेन्द्रहरुमा बिभिन्न मितिमा सम्पन्न भएका सेवाकेन्द्रगत साधारणसभाको माईन्यूट प्रमाणित गर्नुका साथै शेयर सदस्यहरुबाट उठाईएका बिभिन्न सुझावहरु र सल्लाहहरुलाई समेत टेबल गरिएको संस्थाका सूचना अधिकृत बिजय पाण्डेले नेपालबहस डटकमलाई बताए ।
बिहान १० बजेबाट शुरु भएको ११ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष सुवास भट्टराईले गरेका हुन भने पूर्व गृह राज्यमन्त्री तथा पूर्व राष्ट्रिय सहकारी महासंघ अध्यक्ष दीपक प्रकाश वाँस्केटाको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले स्वागत मन्तब्य राखेका हुन ।
हाल संस्थाले झापा, मोरङ र इलाममा कुल ३३ वटा सेवा केन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउँदै आईरहेको छ भने हालसम्म यस सहकारीमा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य रहेको यसका साथै हालसम्म यस सहकारी संस्थामा कुल २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको संस्थाका अध्यक्ष शुवास भट्टराईले प्रस्तुत गरे ।
प्रतिबेदनमा उल्लेख यस्तो छ ।
यस सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सञ्चार क्षेत्रमा रहि संस्थाका गतिबिधिहरुलाई आम पाठक तथा दर्शकसामु पुर्याउन गरेको सहयोगको कदर गर्दै एभिन्युज टेलिभिजनका झापा प्रमुख तथा साझा अनलाइन खवरका सम्पादक समेत रहेका सन्तोष न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । यसका साथै संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको संस्थाका आई।टि। बिभाग प्रमूख याम बिष्टले बताएका छन् ।
संस्थाले बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्व ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम २०७७ असार मसान्तसम्म १ अर्व ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत प्रतिवेदनमा छ । त्यस्तै आम्दानी तर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ गरी संस्थाले २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ संस्थाले नाफा गर्न सफल भएको प्रतिवेदनमा छ ।
उक्त सभामा प्रमुख अतिथि वाँस्कोटा, प्रदेश नं. १ सहकारी रजिष्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिका उपमेयर पवित्रा महतरा प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार