जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति
नेपालबहस संवाददाता
पुस ८, २०७८ शुक्रबार ३:२८:५२
जीवन कैला
१३ पुस, कार्तिक । बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडाैको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाीिपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नीि ने जमिन कटाउन गर्दा जगन्नाथमा करोडौँको क्षति भएको छ ।
वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुदै आइरहेको कार्यलयसमेत बगाएको थियो । बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।
बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहिले बताए । गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष साहिले वताएका छन् ।
२ कात्तिकमा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ । अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ ।
अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ । उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ । गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
जेठ ८, २०८१ मंगलबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार