सुख्खा पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध
नेपालबहस संवाददाता
पुस २०, २०७८ बुधबार २:२३:३३
२० पुस, रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।
करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको छ । पहिरो ठूलो छ,’ उनले भने ।
बुधबार बेलुकीसम्ममा सडक सुचारु गराउने प्रयास भइरहेको उनको भनाई रहेको छ । ‘सडक सुचारु गराउन एउटा स्काभेटरले काम सुरु भइसकेको छ । जलविद्युत आयोजनाका स्काभेटरका लागि पनि समन्वय गरिरहेको छु,’ उनले भने ।
सुख्खा पहिरोले सडक अवरुद्ध हुँदा टिमुरे क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युतका तारहरूमा क्षति पुगेको बताइएको छ । सडक अवरुद्ध हुँदा रसुवागढी नाकामा आवतजावत गर्ने साना तथा ठूला सवारी रोकिएका छन् । टिमुरे जान लागेका करिब २० वटा मालवाहक सवारी बिचमै रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार