नेपाल लाईफमा बीमा नगर्ने निर्णयमा पुग्दैछन् केही बीमित, यसरी सकिन सक्छ वर्षौको विरासत ?
आर्थिक संवाददाता
माघ ९, २०७८ आइतबार २३:५१:७
९ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले केही समयदेखि आफुले आफुलाई एक नम्बरको बीमा कम्पनी भन्दा दावी गर्दै आएकोमा बीमितका लागि निकै महत्वपूर्ण एउटा तथ्य चाहीँ लुकाएर आफुलाई मार्केटिङ्ग गरेको देखिन्छ । कम्पनीले बीमा मात्र गराउन केन्द्रित हुँदा जीवन बीमा कम्पनीहरुले गर्नु पर्ने वास्तविक काम नै भुलेका देखिन्छन् । बीमा मात्र गर्न प्रेरित गर्ने तर दावी भुक्तानी समयमा नगर्ने कारणले गर्दा नेपाल लाइफ प्रति पछिल्लो समय बीमित मात्र नभएर बीमा अभिकर्ता नै त्यति खुशी छैनन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकलाई आधार मान्दा नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब २१ करोड दावी भुक्तानी गर्न बाँकी छ । १६ हजार १२० जना बीमितले कम्पनीले दिने दावी भुक्तानी कहिले आउँला भनेर कुरेर बसेका छन् तर नेपाल लाइफ इन्स्योरेन्स भने अहिले जसरी भए पनि बीमा गराईहालौं पछिको दावी भुक्तानी त्यस्तै हो भन्ने अवस्थामा पुगेको देखिन्छ ।
नेपाल लाइफका सबैभन्दा सफल प्रमुख कार्यकारी अधिकृतका रुपमा स्थापित विवेक झाको आफ्नो दुई कार्यकाल समाप्त भएपछि सीए सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत बनाईयो । नियामक निकाय बीमा समितिमा लामो समय काम गरेर अनुभव कमाएका प्रसाई नै यस कम्पनीमा ६ महिना भन्दा बढी टिक्न सकेनन् । सञ्चालक समितिले हरेक कुरामा गर्ने नाजायज हस्तक्षेपकै कारण उनले राजीनामा दिएर बाहिरिनु पर्यो । सन्तोष प्रसाई प्रमुख कार्यकारी अधिकृत भएपछि व्यक्तिगत कारण देखाएर गत कात्तिक २१ गते देखि लागु हुने गरि संचालक समितिले राजीनामा स्वीकृत गरेको थियो । उच्च व्यवस्थापन नहुँदा आफु खुशी मारवाडी संचालकहरूले कम्पनी चलाएको आरोप कम्पनी संचालक समितिलाई लाग्दै आएको छ ।
कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई छन भने अन्य संचालकमा रामअवतार अग्रवाल, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल र पारुल ढकाल छन् । हालै मात्र कम्पनीले प्रवीणरमण पराजुलीलाई सिनियर नायव कार्यकारी प्रमुखको रुपमा भित्र्याएको छ । ६ महिनापछि उनलाई सीईओ बनाउने सञ्चालक समितिको तयारी त छ तर उनी कति टिक्छन् भन्ने कुरा पनि नेपालको बीमा बजारमा चर्चा परिचर्चा हुन थालिसकेको छ ।
त्यस्तै सुशीलकुमार चौधरी नायब कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । कम्पनी श्रोत र अभिकर्ताका अनुसार प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन बीच खासै तालमेल मिलेको छैन । फलस्वरुप केन्द्रीय कार्यालयमा काम गर्ने धेरै कर्मचारीहरु कम्पनी नै छोड्ने अवस्थामा पुगेका छन्। अन्य बीमा कम्पनीले नेपाल लाइफका कर्मचारी तान्ने रणनीति बनाउने हो भने निकै धेरै कर्मचारी नेपाल लाइफबाट बाहिरिने पक्का छ ।
यसरी चुलिदै छ भुक्तानी हुन बाँकी दावीको अवस्था :
दिन प्रतिदिन भुक्तानी हुन बाँकी दावीको अवस्था नाजुक हुँदै गएको तथ्यांकले देखाउँछ। एक वर्ष अघि आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमासलाई आधार मान्दा १ अर्ब ४३ करोड मात्र भुक्तानी गर्न बाँकी दावीको तथ्यांक देखिएकोमा अहिले एक वर्ष पछि सो रकम २ अर्ब २१ करोड पुगेको छ । भुक्तानी हुन् बाँकी २ अर्ब २१ करोड मध्ये २५ करोड ४४ लाख मृत्यु दावी भुक्तानी रहेको छ भने बाँकी अवधि समाप्ति र आशिक अवधि समाप्ति रहेको छ ।
बीमा गर्ने अनि बीमितलाई दावी भुक्तानी समयमा नदिने कारणले गर्दा कुनैदिन यस बीमा कम्पनीमा बीमितले बीमा पोलीसी नै सरेण्डर गरेर पैसा झिकेर लाने सम्भावना पो देखिन थालेको छ । भुक्तानी हुन बाँकी रहेको तथ्यांकलाई हेरेर नै अन्य बीमा कम्पनीका अभिकर्ताले मार्केटिंङ गर्दै आएका छन् । एकदिन चुलिँदै गएको दावी गर्न बाँकी रकमले कम्पनीलाई बीमा बजारमा निकै कमजोर बनाउने देखिन्छ। विस्तारै बीमा प्रति जनचेतना वृद्धि हुँदै जाँदा नेपाल लाइफलाई जनताले विश्वास गर्न छाड्ने सम्भावना पनि देखिएकाे एक अभिकर्ताले बताए ।
आधारभूत रुपमा पनि कमजोर हुँदैछ कम्पनी :
कम्पनीको जगेडा कोषको तथ्यांक हेर्दा “धनी बाउको काम नगर्ने छोरा” जस्तो देखिएको छ। जसरी धनी बाउको काम नगर्ने छोराले पुर्खौली सम्पत्ति रित्त्याउँदै जान्छ त्यसरी नै नेपाल लाइफले पनि आफ्नो पहिलाको जगेडामा भएको रकम प्रत्यक त्रैमासमा आउँदा कम कम बनाउँदै लगेको छ। एक वर्ष अघि अर्थात् आर्थिक वर्ष ०७७/७८ को प्रथम त्रैमासमा ३ अर्ब ६६ करोड रहेको जगेडा कोष अहिले आर्थिक वर्ष ०७८/८९ मा आएर ८६ करोडमा सीमित भएको छ ।
त्यस्तै प्रथम त्रैमाससम्म आइपुग्दा कम्पनीको मुनाफाको अवस्था पनि दयनीय रहेको छ। कम्पनीले जम्मा ७० लाख ३३ हजार मुनाफा कमाउन सफल भएको छ। जीवन बीमा कम्पनी मध्य सबैभन्दा थोरै मुनाफा गर्ने कम्पनी नेपाल लाइफ रहेको छ । सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सले १२ करोड माथि मुनाफा कमाएको छ ।
यसरी बिग्रिन थाल्यो कम्पनी :
त्यस्तै अभिकर्ता सँग उच्च व्यवस्थापनको राम्रो सम्बन्ध स्थापना हुन नसक्नुले पनि यस कम्पनी विवादमा आउँन थाल्यो । केही संचारमाध्यमलाई आधार मान्दा नेपाल लाइफका अभिकर्ताहरुले संगठित रुपमा अवरोध गर्दै आएका छन् भने मोफसलको कुनै कार्यक्रममा उच्च व्यवस्थापनलाई अभिकर्ताले थुनेर राखेको जस्ता समाचार पनि संचारमाध्यममा आएका थिए।
बीमा बजारमा एउटा चलेको बहस भनेको अब नेपाल लाइफको यो भद्रगोल अवस्थाको लाभ कुन बीमा कम्पनीले लिन्छ ? बीमा बजारका जानकार अनुसार नेपाल लाइफमा यसरी नै भद्रगोल अवस्था सिर्जान भए यसको लाभ नेशनल लाइफ, युनियन लाईफसहित ९ नयाँ जीवन बीमा कम्पनीहौरले प्राप्त गर्ने सम्भावना अधिक छ । यसरी वर्षौ देखिको नेपाल लाइफको “लेगासी” असफल हुने अवस्था सिर्जना भएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार