नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक अब बजारमा
नेपालबहस संवाददाता
माघ २, २०७८ आइतबार १९:१४:१०
२ माघ, काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।
यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।
यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ र यसको अद्वितीय ब्रान्डिङ पनि हो । जुन याक बाइकहरूको आकर्षक कारक हुन सक्छ ।
जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पु¥याउने बताए । विश्वभरी अहिले दुई प्रकारका पर्यावरणीय चुनौतीहरूको सामना गर्दै गरेकोले प्राकृतिक स्रोत र जलवायुको प्रभाव तथा इन्धनको ह्रासबाट उत्पन्न हुने समस्यामा जुधिरहेका उनीहरुले बताएका छन् । जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि देश जिम्मेवार नभई भविष्यमा अझ गम्भीर हुन सक्ने असरको सामना गर्नुपर्ने हुन्छ ।
विकासको दिगोपन भनेको वातावरणको व्यवस्थापन र आज हामीले प्रयोग गर्ने स्रोतसाधनमा धेरै निर्भर हुने कुरा बुझेको छ, त्यसैले आजको स्रोत व्यवस्थापनमा खर्च हुने विश्वासका साथ जैष्णवी ग्रपले याक बाइकको सोच ल्याएको हो । वास्तवमा, सुरक्षित भविष्यको लागि भरपर्दो लगानी हो ।
सरकार र आमजनताको याक बाइक जस्तै विद्युतीय सवारीहरूले किफायती र दिगोपन प्रदान गर्ने वैकल्पिक समाधान खोजिरहेका छन् । इको–फ्रेन्डली ई–सावरी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसङ्ख्याको समाधान प्रदान गर्दछ । विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुन सक्छ ।
हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्छस मुख्य रूपमा पेट्रोलियम उत्पादनहरू हो । पेट्रोलियमको आयात कटौती गर्ने उद्देश्यले हामीले यसलाई नेपालमा एसेम्बल गर्ने सोचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएका छौं ।
विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ् प्रगतिको प्रशंसा गर्न लायक बाइक याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । जसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीको प्रयासलाई देखाएको पुष्टि गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ र जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुर्योउने छ ।
किन याक बाइकहरू :आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्दछ
याक बाइकहरू पूर्ण रूपमा कानून र नियमहरू अन्तर्गत सञ्चालन हुनेछन्
पूर्ण विद्युतीय सवारी साधन
वातावरण मैत्री
नेपालमा एसेम्बल भएको छ
काठमाडौं सहर हरित सहर बन्नेछ ।
कर्पोरेट सामाजिक उत्तरदायित्वहरू
नेपाली ब्रान्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार