ढिलासुस्ती कर्मचारीतन्त्रको दिनचर्या कहिलेसम्म ?
यज्ञप्रसाद भट्टराई
माघ ५, २०७८ बिहिबार ४:१४:४८
५ माघ, काठमाडौं । नेताका हात र खल्तीका कार्यकर्ता नेपालमा राजनीति गर्न त्यहि अप्ठ्यारो छैन जति अन्य कुराहरु गर्न अप्ठ्यारो छ ।ब्यापार ब्यवसाय गर्न रकम मात्र भएर पुग्दैन यसका लागि ब्यवसाय प्रतिको ज्ञान र उचित बजारको खोजि गर्नु पर्छ । रोजगारीका लागि त झनै समस्यै समस्याहरु छन् । पढेर मात्र रोजगारी प्राप्त गर्ने अवसर प्राप्त होला भन्ने कल्पना अब आम नेपालीहरुमा मरिसकेको छ ।
कृषि क्षेत्रमा लागौ भने उत्पादन लागत समेत बोक्न नसक्ने कृषि सामाग्रीको मुल्यका कारण आम नेपाली किसानहरु समेत कृषि पेशाबाट बिमुख भैरहेका छन् । उद्योगधन्धा र कलकारखाना खोलौं लगानी भन्दा बढी चन्दा आतंकको ब्यवस्थापन गर्न सक्ने अवस्था नै छैन ।
देश बिकासका काममा ईमान्दार ब्यक्तिले हात हाल्न सक्ने अवस्थाको अन्त्य सँगै अब बिना कमीशन कुनै पनि काम बन्न सक्ने अवस्थाको कल्पना गर्छ भने त्यो महान भुल हुनेछ । ढिलासुस्ती कर्मचारीतन्त्रको दिनचर्या नै बनेको छ ।भ्रष्टाचार गर्न नसक्ने ब्यक्तिलाई अब कसैले पनि मन पराउन छोडिसकेका छन् ।
कालोबजारी नगरी ब्यापारीको ब्यापार ब्यवसाय नै चल्न सक्ने अवस्थामा छैन । शैक्षिक संस्था देखि स्वास्थ्य केन्द्रहरुमा समेत नियम संगत ढंगले चल्न सक्ने अवस्थामा छैनन । अन्य क्षेत्रको बारेमा आम नागरिकहरुले ब्यहोर्नु सास्ती ब्ेहोरीरहेकै छन् । यति हुँदा हुँदै पनि नेपालमा राजनीतिको ब्यापार भने असाध्यै राम्रोसँग फष्टाई रहेको देखिन्छ ।
राजनीति गर्न नेपालमा कुनै क्षेक्षिक प्रमाणपत्रको आवश्यकता पनि पर्दैन । त्यसैले अहिले नेपालको राजनीति धनबाद र डनबादले नै मज्जाले सञ्चालन गर्न सकिन्छ भनेर धेरैको आँखा राजनीति तर्फ मोडिएको छ । बिचार बिहिन भिडको जत्थाले राजनीतिलाई डोर्याउन थाले पछि नेपालको राजनीति पनि नराम्रोसँग धुमिल बन्दै गैरहेको देखिन्छ । राजनीति बिचारले सञ्चालित हुनुपर्ने हो ।
तर बिचारलाई धन र डनले प्रभावित बनाउन थाले पछिको नेपालको भोलिको भविष्य कस्तो होला रु आम नेपाली जनताहरुमा चिन्ता र चासो हुनु स्वभाविक हो । अहिले नेपालमा राजनीति गर्न कुनै पोलिटिकल सर्टिफिकेटको आवश्यकता पर्दैन नेताको दृष्टि सहित आर्शिबाद भए पुग्छ । नेतालाई रिझाउन सक्यो भने भकारा सोहोर्न नजान्ने ब्यक्ति पनि राजनीतिक नेतृत्वको उपल्लो तहमा नियुक्त हुन सक्छ । पार्टीलाई आर्थिक सहयोग गर्ने क्षमता राख्ने ब्यक्ति अर्थबिद्को दर्जामा उक्लन सक्छ ।
नेताको हात र खल्तिका कार्यकर्ताहरुलाई जहिले पनि निर्वाचन लड्न टिकट प्राप्त हुन्छ । ठूलाठूला ठेक्कापट्टा हात लाग्छ । शिक्षा र स्वास्थ्यमा देखिएका माफियाहरुको बिगबिगी पनि यहि खल्तिका कार्यकर्ताहरुको परिणाम हो । अहिले राजनीतिक दलमाआएका अधिकतम केन्द्रीय नेतृत्वहरु कित मेडिकल माफियाहरु छन् कित शैक्षिक माफियाहरु छन् जसको मुख्य उद्धेष्य भनेकै राजनीतिलाई उपयोग गरेर समाजमा लुटको ब्यापार चलाउनु हो । यसले राजनीतिक दलहरु र सिंगोब्यवस्था नै बदनाम बनिसकेको छ ।
त्यसैले अब राजनीतिलाई उजिल्याउन नीति र सिद्धान्तका आधारमा राज्य ब्यवस्था चल्न सक्ने अवस्था सृजना गर्न जरुरी छ । राजनीतिलाई ब्यापारको रुपमा हैन नितान्त देश र समाजको सेवा गर्ने अभियानका रुपमा अगाडि बढाउनु पर्छ । राज्यकोषको तनखा खाएर राज्य ब्यवस्था बिरुद्ध बिष बमन गर्ने अवस्थाको समेत अन्त्य गर्न जरुरी छ । सरकारी कर्मचारीले मातहतको काममा जनतालाई कसरी सन्तुष्ट गर्ने ? भन्ने बिषयमा मात्रै लाग्न र लाग्न सक्ने वातावरण बनाउन जरुरी छ ।
बिकास निर्माणका काममा नागरिकहरुलाई अनिवार्य रुपमा सहभागि गराउन जरुरी छ । शिक्षा र स्वास्थ्यमा हुने गरेको ब्यापार तत्काल बन्द गर्न सरकारले कठोर कदम चाल्न जरुरी छ । आम नागरिकलाई कसरी रोजगारी उपलब्ध गराउन सकिन्छ भनेर सरकार सञ्चालन गर्ने नेताहरुको ध्यान जान जरुरी छ ।
यसका लागि दैनिक रुपमा मिटिङ्ग, बैठक र सेमिनार सञ्चालन गरेर सरकारले एक महिनामा, तिन महिनामा, छ महिनामा र एक बर्षमा यति नागपिरकलाई रोजगारी गराउने स्पष्ट खाका कोर्न सके र सोहि अनुरुप कार्यान्वयन गर्न सके अबको ५ बर्षमा देशका आधा श्रमजिवी नागरिकलाई रोजगार उपलब्ध गराउन सकिन्छ भन्ने दृढ बिश्वास लिन सकिन्छ । नत्र माथि उल्लेख भए झै धनबाद र डनबादको आडमा नेताका हात पर्छ अनि जो जो खल्तिका कार्यकर्ता छन् तिनैको हालिमुहालीमा देश रुमल्लिरहने छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार