एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ लिएपछि के के पाइन्छ सुविधा ?
आर्थिक संवाददाता
माघ ९, २०७८ आइतबार २१:५४:५६
९ माघ, काठमाडौं । एनआईसी एशिया बैंकले नेपालकाे बैंकिङ क्षेत्रमा आक्रामक व्यवसाय बृद्धि गर्दै छोटो अवधिमा धेरै भन्दा धेरै जनतालाई आफुप्रति केन्द्रीत गर्न सफल भएकाे छ । हालसम्म ३५८ शाखा र ४७३ एटीएमसहित निकै ठूलो संजाल भएको वाणिज्य बैंकको रुपमा स्थापित एनआईसी एशिया ग्राहक संख्याको मामलामा निजी क्षेत्रका बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंक हो ।
बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सुविधा दिने क्रममा बैंकको मोबाइल बैंकिङ सेवाले ग्राहकहरूलाई निकै धेरै सुविधा दिएको छ । मोबाइल बैंकिङ ग्राहकहरूलाई आफ्ना मोबाइलमार्फत सुरक्षित तरिकाले आफ्नो खातासम्म पहुँच पुर्याउन प्रदान गरिएको एउटा प्लेटफर्म हो ।
तेस्राे चरणकाे कोरोना महामारीको बेला बैंकका ग्राहकहरुलाई घरमा बसी बसी विभिन्न बैंकिङ काम गर्न यसले सहज पुगेको छ । बैंकले बढी भन्दा बढी सुविधा एकै एपमार्फत ल्याउने बैंकको प्रयासले गर्दा लाखौ ग्राहकलाई सहजता मिलेको छ । बैंकको मोबाइल बैंकिङ एप १२ लाख भन्दा बढी पटक डाउलोड भइसकेको छ र साढे ५ लाख सक्रिय प्रयोगकर्ताहरु छन् । बैंकले प्रदान गरेको मोबाइल बैंकिङ सेवा कति लाभदायी छ भन्ने कुरा माथिको तथ्याङ्कले देखाउँछ।
बैंकको मोबाइल बैंकिङ एप आइओएस र एन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएका स्मार्टफोनमा निःशुल्क डाउनलोड गर्न सकिनेछ। यस मोबाइल बैंकिङ सेवाले मोबाइल फोनमार्फत ग्राहक खाता जानकारी र वास्तविक समय कारोबार देखाउने गर्छ भने यसले ग्राहकहरूलाई बैंकका उत्पादन र सेवाहरूबारे जानकारीमूलक सन्देशहरू पनि पठाँउछ । मोबाईल बैंकिङ सेवामार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्न सकिन्छ भने आफ्नो बैंक खाताको स्टेटमेन्ट हेर्ने र आफ्नो खाताको जानकारी पनि लिन सकिन्छ।
आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्न सकिने सुविधासँगै मोबाईल बैंकिङ बाटै मुद्दती निक्षेप खोल्न पनि सकिने छ । त्यस्तै आफ्नो मोबाईलमा रिचार्ज गर्नका लागि मोबाइल टपअप सुविधा सँगै अनलाइन टिकेटिङको सुविधा पनि रहेको छ। एपबाटै युटिलिटी बिल भुक्तानी पनि गर्न मिल्ने छ भने आजकल निकै चलेको डिजिटल भुक्तानीको माध्यम QR भुक्तानी पनि सोही एपबाट गर्न मिल्ने छ।
विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन, कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एनआईसी एशिया बैंकले आफ्नो मोबाईल बैंकिङमार्फत दिएका आकर्षक र समयअनुकुल ग्राहकको आवश्यकता हेरेर बनाईएका फिचर हुन्।
मोबाईल बैंकिङ सेवामार्फत नै ग्राहकको गुनासो सुनुवाई हुने छ। एपमा रहेको ‘’Customer Care” बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथाशिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् । त्यस्तै ग्राहकलाई एनआईसी एशिया बैंकका शाखा र एटीएमको स्थान पत्ता लगाउन पनि यस एपले सहयोग गर्ने छ।♦एडभोटोरियल
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा लिए पश्चात ग्राहकले निम्न सेवा सुविधा प्राप्त गर्न सक्ने छन्।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार