कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन
नेपालबहस संवाददाता
माघ १०, २०७८ मंगलबार १:३०:५१
१० माघ, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिइ आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै स्वीकृती लिएरमात्र बस्न निर्देशन जारी गरेको छ ।
विश्विद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले एक सूचना जारी गर्दै कोरोनाको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिई आफूखसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् ।
त्यस्तो प्रवृत्ति छाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आफू कार्यरत सम्बन्धित निकायको जिम्मेवारी एवं उत्तरदायित्व उच्च मनोबलका साथ सम्पादन गर्न गराउन सम्बन्धित सवैमा जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था परेमा पूर्व जानकारी सहित प्रमाण राखेर लिखित निवेदन स्वीकृत गराई मात्र विदामा बस्न र अत्यावश्यक परेका बेलामा आफ्नो निवासरआवास बाट समेत प्रशासनको नियमित सम्पर्कमा रही कार्य सम्पादन गर्न सूचनामा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार