एनआईसी एशिया बैंकको “आईसर्भ प्लेटफर्म” के हो ? ग्राहकले कसरी लिन सक्छन लाभ ?
आर्थिक संवाददाता
माघ ११, २०७८ मंगलबार २३:५२:१२
११ माघ, काठमाडौं । जमाना डिजिटल भैसकेको छ । कुनै समय झोलामा पैसा बोकेर हिड्ने समाज अहिले मोबाईलबाट पैसा लेनदेन गर्दै आएको छ । यसैसँगै नेपाली बैंकहरुपनि डिजिटल हुँदै गएको अवस्थामा देशकै ठूलो संजाल भएको वाणिज्य बैंकका रुपमा स्थापित एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरूलाई डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरेको छ ।
बैंकले NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ र वेवसाईटमा यति धेरै सुविधा ल्याएको छ की सो सुविधा प्रयोग गरेका ग्राहकहरुले धेरै काम गर्नको लागि बैंकको शाखा नै पुग्नु पर्ने बाध्यता हटेको छ ।
के हो एनआईसी एशिया बैंकको iServe ?
iServe एक भर्चुअल बैंकिङ प्लेटफर्म हो, जसले आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवाहरू तुरुन्तै प्राप्त गर्न सुविधा दिन्छ । ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आईसर्भ प्लेटफर्ममार्फत बैंकले अघि बढाएको छ । यसमा रहेका अनेकौं सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको देखिन्छ ।
के के छन् सुविधा ?
iServe मार्फत मोबाइल बैंकिङ, कार्ड सेवा, ग्राहक सेवा र टेलर सेवाका साथै अन्य बैंकिङ सेवाहरू कुनै पनि समय आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ।बैंकले प्रदान गरेको आईसर्भ डिजिटल सर्भिसेज अन्तर्गत ४ विधाभित्र २० वटा विभिन्न सुविधाहरू ग्राहकले उपयोग गर्न सक्छन, उक्त ४ विधा यस प्रकार छन् :
१. मोबाइल बैंकिङ्ग सम्बन्धि सेवाहरू,
२. ग्राहक सम्बन्धी सेवाहरू
३. टेलर सेवाहरू
४. कार्ड सम्बन्धी सेवाहरू
ग्राहकहरुले iServe मार्फत मोबाइल बैंकिङको नयाँ आवेदन दिन सक्छन भने मोबाइल बैंकिङलाई अनब्लक, ब्लक गर्ने तथा आफ्नो मोबाइल बैंकिङको पिन-पासवर्ड रिसेट गर्न सक्छन । यसले गर्दा मोबाइल बैंकिङको सानो सानो काम गर्न ग्राहक नजिकको शाखा पुग्नु पर्ने बाध्यता बैंकले हटाएको छ।
त्यस्तै आईसर्भ प्लेटफर्म अन्तर्गत आफ्नो खाताको ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment को सुविधा लिन सक्नेछन्।
यति मात्र नभएर नगद तथा चेक डिपोजिट भौचर भर्ने, ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन / Insta Buy को लागि पनि ग्राहकहरुले आईसर्भ प्लेटफर्म मार्फत लाभ लिन सक्ने छन्।
माथि उल्लेखित काम गर्न अब ग्राहकहरु शाखा नै पुग्नु पर्ने बाध्यता हटेको छ । माथि उल्लेखित २० सेवाहरु ग्राहकले NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा रहेको छ। कोरोना महामारीमा बैंकको यो सुविधाको धेरै भद्ना धेरै जनताले लाभ लिने कुरा विश्लेषण गर्न सकिन्छ।◊एडभोटोरियल
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार