फागुन २६ गतेदेखि लेखनाथ महोत्सव हुने
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १७:१३:२१
१२ फागुन, पोखरा । १७औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ । कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । यसअघि माघमा महोत्सव चलाउने तयारी थियो । तर, कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित भएको हो ।
२६ फागुनदेखि ७ चैतसम्म महोत्सव गर्ने गरी मिति तय गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । सुन्तला मेलाबाट सुरू भएको महोत्सव अहिले गण्डकीकै ठूलोमध्येको महोत्सवका रुपमा विकास भएको छ । ‘पहिले कोभिडले रोकियो । अब समय केही अनुकुल भएको छ,’ संघका अध्यक्ष छत्रधर आत्रेयले भने, ‘महोत्सव सन्चालन गर्न लागेका छौं ।’
महोत्सवमा करिब ३०० स्टल रहनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवबाट मात्र १० करोडको आर्थिक कारोबार गर्ने संघको अनुमान छ । आर्थिक कारोबारमार्फत कोभिड-१९ ले थला परेको अर्थतन्त्र चलायमान हुने आत्रेय बताउँछन् ।
महोत्सवका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, बेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण गर्ने काममा खर्च हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
बैशाख २१, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
बैशाख २१, २०८१ शुक्रबार
छोटो अवधिमा सरकार परिवर्तन भइरहेन कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
आगामी जेठ १३ गतेदेखि देशभर बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने
बैशाख २१, २०८१ शुक्रबार