आजबाट रत्ननगर महोत्सव सुरु
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार २०:०:४३
१५ फागुन, चितवन । कोभिड–१९ प्रभावका कारण स्थगित भएको रत्ननगर महोत्सव आजबाट सुरु भएको छ ।
पुस २७ गते सुरु गर्न लागिएको महोत्सव अन्तिम समयमा रोकिएको थियो । कोभिड–१९ को प्रभाव घटेसँगै आजबाट महोत्सव सुरु भएको हो । रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सवको ११औँ संस्करण टिकौलीचौरमा सुरु भएको छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष एवं मेला व्यवस्थापन समितिका संयोजक शङ्कर गिरीका अनुसार आज पहिलो दिन प्रभात फेरि र औपचारीक उद्घाटन गरिने छ । महोत्सवका गतिविधि बिहान देखिनै सुरु भएको गिरीले जानकारी दिए ।
महोत्सव मूल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले महोत्सवले कृषि, पर्यटन तथा अर्थसँग जोडिएका वस्तुको आर्थिक कारोबार हुने भएकाले कोरोनाले थलिएको अर्थतन्त्रलाई महोत्सवले थप टेवा पु¥याउने बताए । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरू भएको महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव फागुन २३ गते सम्म सञ्चालन हुने छ ।
ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन सक्षम हुने श्रेष्ठले बताए । महोत्सवमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र रु १५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहेका छन् । महोत्सव परिसरमै जीपलाइन एड्भेन्चरको व्यवस्था गरिएको छ । महोत्सवकै अवसरमा फागुन १६ गते देखि ४ दिनसम्म चौंथो चिकेन एण्ड एग फुड फेस्टिबल सञ्चालन हुने छ ।
फुड फेस्टिबल सौराहाचोकमा हुनेछ । महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति अवलोकन कर्ताका लागि थप आकर्षण रहने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार