कार्ड र बुमको मर्यादा नराख्ने पत्रकारमाथि कारवाही हुन्छः अध्यक्ष बस्नेत
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १६:५०:५३
२३ चैत, सुर्खेत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए ।
अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको बताए । ’हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ’, उनले भने, ’हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।’
प्रेस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताए । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औँल्याए । उनले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लङ्घन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताए । काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उनको विश्वास छ । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार